onlinekhelkhabar.com

Complete website for Nepali Sports News

टि – ट्वान्टी वरियतामा नेपाल एक स्थान तल : नेपालको ठाउँमा स्कटल्याण्ड

काठमाडौं ( अनलाइन खेलखबर ) || अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा नेपाल एक स्थान तल झर्ने क्रममा अहिले १२ औं स्थानमा रहेको छ ।

अघिल्लो महिनामा ११औं स्थानमा रहेको नेपाल आईसीसीले मंगलबार सार्बजनिक गरेको नयाँ वरियतामा एक स्थान तल रह्दै १२ औं स्थानमा रहेको छ ।

Sudreeshya IT Training Academy | Click to learn more

सार्बजनिक गरिएको वरियतामा १७ खेलबाट १९४ रेटिङ र ३,२९६ पोईन्टका साथ नेपाल सो स्थानमा रहेको हो ।

अघिल्लो ११ औं स्थानमा रहेको नेपालको ठाउँमा स्कटल्याण्ड रहेको छ । नेपाललाई स्कटल्याण्डले पछि पारेको छ । यता नेपालपछि एसोसियटमाको अर्को टिम युएई र टेस्ट राष्ट्र जिम्बावे र आयरल्याण्डलाई भने नेपालले पछि पारेको छ ।

भने वरियताको पहिलो स्थानमा पाकिस्तान रहेको छ भने उसलाई ईङल्याण्ड , दक्षिण अफ्रिकाले पछ्याईरहेको छ । त्यसपछि भारत , अष्ट्रेलिया , न्युजिल्याण्ड , अफगानिस्तान , श्रीलंका , वेस्ट ईन्डिज र बङलादेश रहेका छ्न ।

नेपाल क्रीकेट टोली अहिले सिगांपुरमा रहेको छ । जहाँ आयोजक सिगांपुर , जिम्बावे र नेपालसहितको त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्