onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल जिम्बावेसँग फेरि पराजित

असोज १४ , अनलाइन खेलखबर || सिंगापुरमा जारी त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित हुन पुगेको छ ।

जिम्बावेले दिएको १ सय ६१ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय २० रनमा सिमित हुन पुगेको थियो ।

सुरुवाती अबस्थाबाटै खराब सुरुवात गरेको नेपालले मात्र ५ रन जोड्दा दुई ब्याट्सम्यानलाई गुमाएको थियो । ओपनर पवन सरार्फलाई शुन्यमा र दिपेन्द्र सिँह एरिलाई ब्यक्तिगत ४ रनमा गुमाएको थियो ।

Sudreeshya IT Training Academy | Click To Learn More

यसपछि भने कप्तान पारस खड्का र आरिफ शेखले ईनिङलाई बढाएपनि उनिहरु पनि सफल हुन सकेनन ।

ओपनरका रुपमा मैदान प्रबेश गरेका पारसले १५ बलको सामना गर्दै २ चौकाको मद्दतमा १२ रन भने बनाए । भने चौथो विकेटका रुपमा पभेलियन फर्किएका आरिफ शेखले २५ रन बनाए ।

त्यसपछि बिनोद भन्डारीले ३३ तथा करन केसिले १८ रनको योगदान गरे ।

बलिङतर्फ जिम्बावेका लागि कप्तान सेन विलियमले सर्बाधिक ३ तथा तिनोटेंडा मुतोम्बोडजिले २ विकेट हात पारे ।

त्यसअघि ईन्डियन एसोसिएसनको क्रिकेट मैदानमा जारी नेपाल र जिम्बावेबीचको खेलमा जिम्बावेले ट्स हारेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो ।

खेलमा पहिको ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको जिम्बावेले त्यसपछि पनि दुई विकेट चाडैनै गुमाएको थियो ।

ओपनर ब्याट्सम्यान ब्राईन चारीलाई शून्य रनमा सन्दिप लामिछानेले एलबिडब्लुको सिकार बनाएका थिए ।

त्यसपछि टिमको स्कोर ३० रन हुँदा अर्का खेलाडी रेगिस चाकवालाई टिमले गुमायो उनले मात्र ६ रन बनाए । १ चौका समेत प्रहार गरेका रेगिस सोमपाल कामीको बलमा आउट हुन पुगे ।

रेगिस आउट भएपछि राम्रो गर्दै गरेका पिटर मुरलाई सन्दिपले पभेलियनको बाटो देखाई दिए । उनले १२ बलको सामना गर्दै २१ रनको योगदान गरे ।

त्यसपछि भने कप्तान सेन विलियम्स र तिनोटेंडा मुतोम्बोडजिको जोडिले टिमलाई सम्हाल्ने क्रममा चौथो विकेटका लागि ६० रनको साझेदारी गरे ।

मुतोम्बोडजि चौथो विकेटका रुपमा आउट हुँदा उनले २० रन जोडे भने कप्तान सीन विलियम्सले अर्धशतकिय पारी खेले । ३५ बलको सामना गरेका उनले ४ चौका र ३ छ्क्काको मद्दतमा ५३ रनको योगदान गर्न सफल भए ।

र अन्त्यतिर रिचमंड मुतुम्बामीले २० रन तथा रेयान बर्लले २८ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र सोमपाल कामिले समान २/२ विकेट लिए भने कप्तान पारस खडका र अभिनास बोहरा को नाममा एक विकेट रहयो ।

प्रतिक्रिया दिनुहोस्