onlinekhelkhabar.com

Complete website for Nepali Sports News

जिम्बावेद्रारा नेपालसामु सम्मानजनक लक्ष्य प्रस्तुत

असोज १४ , अनलाइन खेलखबर || सिंगापुरमा जारी त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले १ सय ६१ रनको विजयी चुनौती पाएको छ ।

ईन्डियन एसोसिएसनको क्रिकेट मैदानमा जारी नेपाल र जिम्बावेबीचको खेलमा जिम्बावेले ट्स हारेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको छ ।

खेलमा पहिको ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको जिम्बावेले त्यसपछि पनि दुई विकेट चाडैनै गुमाएको थियो ।

ओपनर ब्याट्सम्यान ब्राईन चारीलाई शून्य रनमा सन्दिप लामिछानेले एलबिडब्लुको सिकार बनाएका थिए ।

Sudreeshya IT Training Academy | Click To Learn More

त्यसपछि टिमको स्कोर ३० रन हुँदा अर्का खेलाडी रेगिस चाकवालाई टिमले गुमायो उनले मात्र ६ रन बनाए । १ चौका समेत प्रहार गरेका रेगिस सोमपाल कामीको बलमा आउट हुन पुगे ।

रेगिस आउट भएपछि राम्रो गर्दै गरेका पिटर मुरलाई सन्दिपले पभेलियनको बाटो देखाई दिए । उनले १२ बलको सामना गर्दै २१ रनको योगदान गरे ।

त्यसपछि भने कप्तान सीन विलियम्स र तिनोटेंडा मुतोम्बोडजिको जोडिले टिमलाई सम्हाल्ने क्रममा चौथो विकेटका लागि ६० रनको साझेदारी गरे ।

मुतोम्बोडजि चौथो विकेटका रुपमा आउट हुँदा उनले २० रन जोडे भने कप्तान सीन विलियम्सले अर्धशतकिय पारी खेले । ३५ बलको सामना गरेका उनले ४ चौका र ३ छ्क्काको मद्दतमा ५३ रनको योगदान गर्न सफल भए ।

र अन्त्यतिर रिचमंड मुतुम्बामीले २० रन तथा रेयान बर्लले २८ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र सोमपाल कामिले समान २/२ विकेट लिए भने कप्तान पारस खडका र अभिनास बोहरा को नाममा एक विकेट रहयो ।

अब जिम्बावेले प्रस्तुत गरेको १ सय ६१ रनको विजयी चुनौतीलाई नेपालले अबको केहि समयपछि पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *