onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

जिम्बावे ठूलो लक्ष्यतर्फ अग्रसर

असोज १४ , अनलाइन खेलखबर || सिंगापुरमा जारी त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत अहिले नेपालले जिम्बाब्वेको सामना गरिरहेको छ ।

फाईल फोटो ।।

ईन्डियन एसोसिएसनको क्रिकेट मैदानमा जारी खेलमा जिम्बावेले मध्यम सुरुवात गरेको छ ।

जसअन्तर्गत अहिलेसम्म जिम्बावेले ११ ओभरमा ३ विकेट गुमाएर ८५ रन बनाएको छ ।

ईनिङको पहिको ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको जिम्बावेले त्यसपछि पनि दुई विकेट चाडैनै गुमायो ।

Sudreeshya IT Training Academy | Click to learn more

ओपनर ब्याट्सम्यान ब्राईन चारीलाई शून्य रनमा सन्दिप लामिछानेले एलबिडब्लुको सिकार भएका थिए ।

त्यसपछि टिमको स्कोर ३० रन हुँदा अर्का खेलाडी रेगिस चाकवालाई टिमले गुमायो उनले मात्र ६ रन बनाए । १ चौका समेत प्रहार गरेका रेगिस सोमपाल कामीको बलमा आउट हुन पुगे ।

रेगिस आउट भएपछि राम्रो गर्दै गरेका पिटर मुरलाई सन्दिपले पभेलियनको बाटो देखाई दिए । उनले १२ बलको सामना गर्दै २१ रनको योगदान गरे ।

अहिले मैदानमा कप्तान सीन विलियम्स र तिनोटेंडा मुतोम्बोडजिको जोडिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्