आईसीसीद्रारा क्यानको नवनिर्वाचित कार्यसमितीलाई स्वागत
असोज १४ , अनलाइन खेलखबर || क्रिकेटको सर्बोच्च निकाय अन्तरास्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले नेपाल क्रीकेट संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ ।
मगंलबार आईसीसीले विज्ञप्ति जारी गर्दै हालै निर्वाचनद्रारा चयन भएका १७ सदस्यीय कार्यसमितीलाई आईसीसीलाई सकारात्मक रुपमा हेर्दै स्वागत गरेको हो ।
बिज्ञप्तीमा आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छ्न “काठमाडौंमा भएको महत्वपूर्ण घटनाक्रमबाट हामी खुसी छौं ”
“प्रशंसकहरु, खेलाडीहरु, प्रशासकहरुका साथै नेपाल सरकार र राष्ट्रिय खेलकुद काउन्सिललगायत सबै क्रिकेटका स्टेकहोल्डरलाई बधाई छ समेत दिएका छ्न ।
बिशेष गरि सल्लाहकार समिती जसले क्यानको बिधान बनाउने र जिल्ला, प्रादेशिक र केन्द्रीय स्तरमा निर्वाचन प्रक्रियाको निरीक्षण गर्ने स्वतन्त्र प्यानलको प्रती विशेष आभारी रहेको उनले उल्लेख गरेका छ्न ।
प्रतिबन्धका बाबजुद नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएको, युवा र महिला टिमले राम्रो प्रदर्शन गरेको भन्दै आईसीसीले यसले निलम्बनपछि पनि राष्ट्रिय टिमलाई खेल्न दिने आफ्नो निर्णय सही भएको कुरा पुष्टि गरेको आईसिसिले उल्लेख गरेको छ ।
आईसीसी उपाध्यक्ष ख्वाजाले नयाँ कार्यसमितिले मैदानमा पनि प्रगति गर्ने आशा व्यक्त गरेका छन् ।
करिव करिव चार बर्षे निलम्बनमा परेको क्यानलाई आउँदो अक्टोबर १३ मा आईसीसीको मुख्यालय दुबईमा बस्ने बैढकले छिनोफानो गर्ने विश्वास समेत लिईएको छ ।