टेस्ट राष्ट्रमाथि सिगांपुरको ऐतिहासिक जित
असोज १२ , अनलाइन खेलखबर || घरेलु टोली सिगांपुरले जारी त्रिकोणात्मक सिरिजमा टेस्ट राष्ट्र जिम्बावेलाई पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको छ ।
आईतवार भएको खेलमा सिगांपुरले रोमाञ्चक बनेको खेलमा जिम्बावेलाई ४ रनले पराजित गरेको हो ।
सिगांपुरस्थित ईन्डियन एसोसिएसन क्रीकेट मैदानमा आईतवार भएको खेलमा ट्स जितेर सुरुमा ब्याटिङ गरेको सिगांपुरले वर्षाले प्रभावित गरेपछी १८ ओभरमा छारिएको खेलमा ९ विकेटको क्षतिमा सिगांपुरले १ सय ८१ रनको ठूलो योगफल खडा गरेको थियो ।
सिगांपुरले ठूलो स्कोर बनाउने क्रममा टिम डेविड र विकेटकीपर ब्याट्सम्यान मनप्रित सिंहको योगदान महत्वपूर्ण रहयो ।
उनी दुईले समान ४१ रनको योगदान गरेका थिए त्यस्तै ओपनर रोनह रंगराजनले पनि ३९ रनको पारी खेलेका थिए ।
बलिङतर्फ जिम्बावेका रेयान बर्लले ३ तथा रिचर्ड नगराभाले २ विकेट हात पारेका थिए ।
त्यसपछि सिगांपुरले दिएको १ सय ८२ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको जिम्बावे निर्धारित १८ ओभर पुरै खेलेपनी ७ विकेट गुमाएर १ सय ७७ रनमा सिमित हुन पुगेपछी टिम सिगांपुरसँग पराजित हुन पुग्यो ।
जिम्बावेका लागि कप्तान विलियम्सलेले सर्बाधिक ठूलो पारी खेक्ने क्रममा ६६ रन बनाए । मात्र ३५ बलको सामाना गरेका उन
ले ५ चौका र ५ छक्काको मद्धतमा उक्त रन बनाउन सफल भए ।
यस्तै ओपनर ब्याट्सम्यान रिजेस चकवाले पनि ४८ रन बनाए । मात्र १९ बलको सामाना गरेका उनले ६ चौका र ३ छ्क्काको मद्धत उक्त रन जोडे ।
बलिङतर्फ सिंगापुरका कप्तान अज्जाद महबुब र जनक प्रकाशले समान २/२ विकेट लिन सफल भए ।
यो जितसँगै समान २/२ खेलबाट नेपाल अंकतालिकाको पहिलो स्थानमा उक्लियो भने हारका बाबुजुत दोस्रो स्थानमा र सिगांपुर अन्तिमस्थानमा रहेको छ ।