onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

जिम्बावेसँगको दोस्रो भेट मंगलबार : नेपालले राम्रो गर्न सक्ने अपेक्षा

असोज १२ , अनलाइन खेलखबर ।। सिगांपुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले मंगलबार जिम्बावेसँग दोस्रो पटक भिड्दै छ ।

डबल राउण्ड रोबिनमा संचालित सिरिजमा नेपालले यसअघि पहिलो खेलमा जिम्बावेसँग खेलिसकेको छ । टेस्ट राष्ट्र भएता पनि नेपालले जिम्बावेलाई सहज जित निकाल्न भने दिएको थिएन ।

सुरुमा ब्याटिङ गर्दै नेपालले दिएको १ सय ३३ रनको झिनो विजयी लक्ष्यलाई जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाएर उक्त चुनौतीलाई पार गर्यो । झिनो लक्ष्य भएता पनि सुरुवाती अबस्थामामा नेपालका स्टार खेलाडी सन्दिप लामिछानेले तिन मुख्य ब्याट्सम्यानलाई सून्य रनमा पभेलियनको बाटो देखाई दिएपछि खेलमा रोमान्चक बढेको थियो ।

त्यसपछी चाडै जित हासिल गर्ने ध्यानमा रहेको जिम्बाबेले सम्हालिएर खेलेको थियो । जिम्बाबेले त्यहाँ आफ्नो टेस्ट मान्यताको भरपुर अनुभव प्रयोग गर्यो । नेपालले खेलमा हारेता पनि जिम्बाबेसामु राम्रो नै प्रदर्शन गरेको हामिले मान्नुपर्छ ।

त्यसपछी सिरीजको दोस्रो खेलमा नेपालले सिगांपुरको सामना गर्यो । जसमा घरेलु टोली सिगांपुरलाई भने नेपालले नराम्रोसँग नै पराजित गर्दै केहि महिना अघि सिगांपुरमा भएको टि-ट्वान्टी विश्वकपको एसिया फाइनलमा भोगेको हारको बदला मात्र नेपालले लिएन गुमेको आश जीवित राख्न महत्वपूर्ण खेलमा राम्रो प्रदर्शन गर्यो ।

कप्तान पारस खडकाले शतकीय पारी खेलेपछि नेपालले सिगांपुरले दिएको १ सय ५२ रनको मध्यम लक्ष्यलाई १६ ओभरमा मात्र १ विकेट गुमाएर उक्त चुनौती पार गरेको थियो ।

Sudreeshya IT Training Academy | Click to learn more

खेलमा पारस एक्कैले अविजित रहदै १०६ रनको पारी खेलेका थिए । उनलाई आरिफ शेखले साथ् दिने क्रममा ३९ रन बनाएका थिए । पारसको उत्कृष्ट प्रदर्शन जारी रहनु र आरिफपनि लयमा आउनु नेपालका लागि सुखद हुनसक्छ ।

अब मंगलबार बेलुका सवा ५ बजेपछि जिम्बावेबिरुद्द हुने खेलमा नेपालले अघिल्लो खेलमा भएको गल्तिलाई सुधार्दै अझ राम्रो खेल खेल्ने बिश्वास लिईएको छ । टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बावे आफैमा बलियो टिम हो त्यसमा दुईमत छैन ।

त्यसैले मंगलबार नेपालले जिम्बावेविरुद्ध कस्तो खेक्नेछ त्यो हेर्न लायक पक्कै हुनेछ ।

जिम्बाबे पछी नेपालले बुधवार सिगापुरसँग दोस्रो अर्थात् समग्रमा चौथो खेल खेक्नेछ ।

प्रतिक्रिया दिनुहोस्