सिगांपुरबिरुद्द शानदार जितमा पारसको किर्तिमानमाथि किर्तिमान

सिगांपुरबिरुद्द शानदार जितमा पारसको किर्तिमानमाथि किर्तिमान

असोज १२ , अनलाइन खेलखबर || सिगांपुरमा जारी त्रिकोणात्मक टि- ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालले आयोजक सिगांपुरलाई गएराती ९ विकेटको शानदार जित हासिल गर्ने क्रममा नेपालका कप्तान पारस खडकाले नायकीय पारी खेले ।

सिगांपुरलाई उसैको भूमिमा शानदार जित हासिल गर्ने क्रममा कप्तान पारस खडकाले अविजित रहदै एक्लैले १ सय ६ रनको शतकीय पारी खेल्दा जित मात्र हासिल गरेन की पारसले थुप्रै कीर्तिमानी कायम गर्न सफल भएका छन ।

सिगांपुरले प्रस्तुत गरेको १ सय ५२ रनको विजयी चुनौतीलाई नेपालले १६ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो । जसमा मोहम्मद आरिफ शेखले ३९ रन बनाउदै साथ दिएका थिए ।पारसले ५२ बलको सामना गर्दै उक्त रन बनेपछि उनले थुप्रै किर्तिमान खडा गर्न सफल भएका छन ।

जसमा पहिलो किर्तिमान हो , उनि टि -ट्वान्टी क्रिकेटमा शतकीय पारी खेल्ने नेपाली खेलाडी मध्यमा पहिलो क्रिकेटर बनेका छन । यसअघि नेपाली खेलाडीले बनाएको उच्चतम स्कोर स्वयम् पारस खडकाको नाममा रहेको थियो । उनले सन् २०१९ मा मलेसियाबिरुद्दको खेलमा अविजित रहदै ८६ रन बनाएका थिए ।

दोस्रो किर्तिमान : सिगांपुरमाथि शानदार ९ विकेटले जित हासिल गर्ने क्रममा नेपालले दोस्रो विकेटका लागि पारस र आरिफबीच १ सय ४५ रनको साझेदारी पाएको थियो । जुन अहिलेसम्मकै नेपालको सबैभन्दा राम्रो साझेदारी समेत हो । र विश्वको हालसम्म यो साझेदारीले १६ औँ स्थान हासिल गरेको छ । अहिलेसम्म टि-ट्वान्टीमा उच्चतम २३६ रनको साझेदारी हुन पुगेको छ । जुन अफगानिस्तानका खेलाडीको नाममा यो किर्तिमान रहेको छ ।

तेस्रो किर्तिमान : सिगांपुरबिरुद्द शतकीय पारी खेल्ने क्रममा उनले ५२ बलको सामना गर्दै ७ चौका र ९ छक्काको मद्दतमा १०६ रन बनाएका थिए । कुल १६ बाउन्ड्री प्रहार गर्दै ८२ रन बनाएका उनले आफ्नै पुरानो किर्तिमानलाई पछी पार्दै नयाँ किर्तिमान बनाउँन सफल भएका छन ।

चौथो किर्तिमान : कुनैपनि लक्ष्य पछ्याउंदै जवाफी ब्याटिङ गर्दै टिमलाई आफ्नो शतकको मद्द्तमा जित दिलाउनेमा पारस विश्वको पहिलो कप्तान समेत बनेका छन । यसअघि यसरिनै कुनै कप्तानले शतक बनाउँन सकेका छैनन ।

मुख्यत यिनै किर्तिमान बन्दा यसवाहेक अन्य किर्तिमान पनि बनेका छन । खोज्दै जार्दा अन्य किर्तिमान पनि बन्न सक्ने सम्भावना भने रहेको छ ।

यता अब सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आउँदो मंगलबार जिम्बाबेको पुन : सामना गर्दैछ । भने बुधवार सिगांपुरसँग फेरी खेल्नेछ । यसअघि जिम्बावेसँग नेपाल पराजित भएको छ भने सिगांपुरमाथि शानदार जित हासिल गरेको छ ।

डबल राउण्ड रोबिनमा आधारित सिरिजको प्राबधान अनुसार अंकतालिकाको शिर्ष दुई टोलीले फाइनलको स्थान पक्का गर्नेछन । अब नेपालले एक मात्र खेल जितेमा पनि फाइनल प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *