onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कप्तान पारसले शतकीय पारी खेलेपछि सिगांपुरमाथि नेपालको शानदार जित

असोज ११ , अनलाइन खेलखबर ।। सिगांपुरमा जारी त्रिकोणात्मक टी -ट्वान्टी सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक सिगांपुरलाई शानदार जित निकाल्ने क्रममा ९ विकेटले पराजित गरेको छ ।

कप्तान पारस खडकाले शतकीय पारी खेलेपछि नेपालले सिगांपुरले दिएको १ सय ५२ रनको मध्यम लक्ष्यलाई १६ ओभरमा मात्र १ विकेट गुमाएर उक्त चुनौतीलाई भेटायो ।

ओपनर ब्याट्सम्यान ईशान पाण्डेलाई पहिलो विकेटका रुपमा टिमको स्कोर ९ रन हुँदा व्यक्तिगत ५ रनको गुमाएको भएता पनि त्यसपछी पारस र आरिफ शेखको साझेदारीले टिमले सहज जित दिलाए ।

अविजित रहेका कप्तान पारसले ५२ बलको सामना गर्दै ७ चौका र ९ छक्काको मद्दतमा १ सय ६ रन बनाएका थिए | उनलाई अन्त्यसम्म साथ् दिएका आरिफले पनि ३९ रनमा अविजित रहे ।

बलिङतर्फको एकमात्र विकेट जनक प्रकाशले लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

सिंगापुरका लागि कप्तान टिम डेविडले सर्बाधिक ६४ रनको योगदान गरे | ४४ बलको सामना गरेका उनले ३ चौका र ४ छक्काको मद्दतमा उक्त रन बनाए | त्यस्तै प्रकाश १८ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका करन केसीले २ तथा सुशन भारीले १ विकेट हात पारेका थिए |

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *