क्यान चुनाव : १७ का लागि २९ को उम्मेदवार : ६ जना सदस्य निर्बिरोध

क्यान चुनाव : १७ का लागि २९ को उम्मेदवार : ६ जना सदस्य निर्बिरोध

असोज ११ , अनलाइन खेलखबर || अन्तराष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को निलम्बन प्रकियामा रहेको नेपाली क्रिकेट संघ ( क्यान ) को नयाँ कार्यसमितिका लागि २९ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन ।

कुल १७ जनाका लागि २९ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन । त्यसमध्य एक महिला सदस्यमा दार्चुला जिल्लाकी जयन्ति भट्ट निर्बिरोध निर्वाचित भएकी छिन ।

यस्तै प्रदेशबाट प्रदेश २ बाट दाउद् अन्सारी मोहम्मद निर्वाचित हुँदा प्रदेश ४ गण्डकी बाट ऋषि राज गौतम , प्रदेश ५ बाट प्रशान्त बिक्रम मल्ल कर्णाली प्रदेश बाट पदम बहादुर खडका र सुदुर पश्चिमबाट बिक्रम विष्ट निर्बिरोध चयन भएका छन ।

भने प्रदेश १ बाट दुई जनाको दाबेदारी पेश भएको छ | लाक्पा लामा र कैलाश बिष्टले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन । यस्तै ३ बाट पनि दुईजनाकले आफ्नो दाबेदारी दिएका छन जसमा अमित वीर पाण्डे र कैलाश प्रधानले आफ्नो उमेद्वारी प्रस्तुत गरेका छन ।

यस्तै खुल्ला ५ सदस्यका लागि ११ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन | जसमध्य अर्जुन पौडेल , विरेन्द्रबहादुर चन्द , धिरेन्द्र साउद , दुर्गाराज पाठक , जगत बहादुर टमटा , करन महोत्रा क्षेत्री , माधव कुमार कर्माचार्य , नरेश राना , पवन कुमार अग्रवाल , प्रफुल्ल बैध र संजय राज सिह रहेका छन ।

अब दिउँसो १ बजेदेखि नयाँ कार्यसमितिका लागि निर्बाचन सुरु हुनेछ मतदान साढे २ बजेसम्म जारी रहने छ । भने नतिजा घोषणा पौने ४ बजे गरिने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *