त्रिकोणात्मक सिरिज : आज नेपालले आयोजक सिगांपुरको सामना गर्ने
असोज ११ , अनलाइन खेलखबर || सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा आयोजक सिगांपुरको सामना गर्दैछ ।
शुक्रबार भएको आफ्नो पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको नेपाललाई सिरिजको फाइनलमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।
जिम्वावेविरुद्ध झिनो लक्ष्य भएतापनि बलियो टिममाथि नेपाली बलरले देखाएको प्रदर्शन आफैमा तारिफयोग्य रहेको थियो । अझ भन्नुपर्दा ग्लोबल आईकन सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रस्तुत गरेका थिए ।
आज बेलुका सवा ५ बजेपछी इन्डियन एसोसियसनको खेल मैदानमा हुने नेपाल र सिगांपुरबीचमा नेपाललाई जित त आबस्यक नै छ त्यसका साथ पुरानो हिसावकिताब पनि मिलाउन बाकी रहेको छ ।
दुई महिना अघि सिगांपुरमै भएको आईसीसी टि – ट्वान्टी एसिया फाइनल छ्नोटमा सिगांपुरसँग निराश हुँदै नेपाल विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरका लागि छ्नोट हुन सकेको थिएन । निर्णायक तथा अन्तिम खेलमा नेपाललाई पराजित गर्दै सिगांपुर छ्नोट हुन पुगेको थियो ।
यसअर्थमा यसअघिको ठूलो हार भुलाउन पनि आज नेपाललाई जित्नै पर्ने देखिन्छ भने सिगांपुर लगातार दोस्रो पटक निराश बनाउने रणनीतिका साथ मैदानमा उत्रिने छ ।
डबल राउण्ड रोबिनको आधारमा सन्चालित सिरिजमा यो पछि आउँदो मंगलबार जिम्वाबेसँग र बुधबार सिंगापुरसँग नेपालले खेल्नेछ ।
।
त्यसपछि अंकतालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन ।