नेपाल जिम्बावेसँग पराजित
असोज १० , अनलाइन खेलखबर || सिगांपुरमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ ।
आज शुक्रबार भएको खेलमा नेपालले दिएको १ सय ३३ रनको झिनो विजयी लक्ष्यलाई जिम्बावेले १८.१ ओभरमा मात्र ५ विकेट गुमाएर उक्त चुनौतीलाई पार गर्यो ।
झिनो विजयी लक्ष्य पछ्याएको भए पनि जिम्बावेको सुरुवात पनि त्यती राम्रो हुन सकेन । नेपालका ग्लोबल आईकन सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ ब्याट्सम्यानलाई शून्य रनमा गुमाएपछि जिम्बावे केही समय दबाबमा आएको थियो ।
तर जिम्बाबेका रेयान वर्ल र रिचमंड मुतुम्बामीले उत्कृष्ट पारी खेलेपछि टिमको स्कोर ६४ रन हुँदा ५ विकेट गुमाईसकेको अबस्थामा यी दुई ब्याट्सम्यानले अबिजित रहदै उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित दिलाए ।
रेयान वर्लले ४१ रन तथा रिचमंडले ४० रन बनाए ।
बलिङतर्फ नेपालका सन्दिप लामिछानेले सर्बाधिक ३ विकेट लिए । उनले आफ्नो स्पेलको ४ ओभर पुरै बलिङगर्दै १५ रन खर्चिएर उक्त विकेट लिए भने पारस खड्काको नाममा पनि एक विकेट रहयो ।
त्यसअघि सिगांपुरस्थित ईन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा नेपालले ट्स जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो ।
पहिलोपटक टिममा समाबेश हुँदै राष्ट्रिय टिमबाट आजको खेलबाट डेब्यु गरेका ईशान पाण्डे पहिलो खेलमै असफल हुन पुगेका छ्न।
दोस्रो ओभरको अन्तिमबलमा टेनदाइ चतराको बलमा क्याच आउट भएका ईशानले एक चौकाको मद्धतमा ४ रन मात्र जोडन सफल भए ।
कप्तान पारस खड्कासँग ओपनिङ गर्न मौका पाएका ईशान असफल हुँदा मोहम्मद आरिफ शेखले पारसलाई केही छिन साथ दिए पनि उनिले पनि ठूलो पारी खेल्न सकेनन ।
दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका आरिफले ८ रन बनाए । त्यसपछि कप्तान पारस खड्का ब्यक्तिगत १८ रन बनाएर आउट हुन पुग्दा टिम अझ दवाबमा आएको थियो ।
पारसले २२ बलको सामना गर्दै ३ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । पारस लगत्तै टिमको विकेट पतनको सिलशिला रोकिएन जसमध्य टिमबाट डेब्यु खेल खेलेका कुशल मल्लले २ रन बनाए भने सन्दिप जोराले १७ रनको योगदान गरे ।
त्यसपछि टिमलाई सम्हाने क्रममा उप – कप्तान दिपेन्द्र सिँह एरिले राम्रो प्रदर्शन गर्ने क्रममा ४० रनको योगदान गरे । ३३ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । उनी क्याच आउट हुन पुगेका थिए ।
यस्तै अन्त्यमा सोमपाल कामी र बिस्पोटक विकेटकिपर ब्याटसम्यान बिनोद भण्डारीले अबिजित रहदै क्रमश : २५ र ११ रन बनाए
बलिङतर्फ जिम्बावेका लागि सेन विलिमसनले सर्बाधिक २ विकेट हात पारे ।
डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजमा नेपालले शनिबार आयोजक सिगांपुरसँग खेक्नेछ । भने असोज १४ गते मगंलबार फेरि जिम्बाबेसँग खेल्नेछ भने १५ गते सिगापुरसँग दोस्रो खेल खेक्नेछ ।
त्यसपछि डबल राउण्ड रोबिनको आधारमा शीर्षस्थानका दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ्न ।
।