onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

जिम्बावेविरुद्ध सन्दिप चम्किए : तीन ब्याट्सम्यान शून्य रनमा आउट

असोज १० , अनलाइन खेलखबर || जिम्बावेबिरुद्दको पहिलो खेलमा नेपालका युवा क्रीकेटर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्न सफल भएका छ्न

नेपालले दिएको १ सय ३३ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको जिम्बावेको सुरुवात त्यति संतोषजनक हुन सकेन ।

सन्दिपको उत्कृष्ट बलिङमा जिम्वावेका तीन ब्याट्सम्यान शून्य रनमा आउट हुन पुगेपछी टिम दबाबमा आएको छ । सन्दिपले हालसम्म ३ ओभर बलिङगर्दै मात्र १३ रन खर्चिएर उक्त विकेट लिएका हुन ।

अहिले जिम्बावेले १०.२ ओभरमा ५ विकेट गुमाएर ६५ रन बनाएको छ ।

त्यसअघि सिगांपुरस्थित ईन्डियन एसोसिएसनको खेल मैदानमा जारी खेलमा नेपालले ट्स जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो ।

पहिलोपटक टिममा समाबेश हुँदै राष्ट्रिय टिमबाट आजको खेलबाट डेब्यु गरेका ईशान पाण्डे पहिलो खेलमै असफल हुन पुगेका छ्न।

दोस्रो ओभरको अन्तिमबलमा टेनदाइ चतराको बलमा क्याच आउट भएका ईशानले एक चौकाको मद्धतमा ४ रन मात्र जोडन सफल भए ।

कप्तान पारस खड्कासँग ओपनिङ गर्न मौका पाएका ईशान असफल हुँदा मोहम्मद आरिफ शेखले पारसलाई केही छिन साथ दिए पनि उनिले पनि ठूलो पारी खेल्न सकेनन ।

दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका आरिफले ८ रन बनाए । त्यसपछि कप्तान पारस खड्का ब्यक्तिगत १८ रन बनाएर आउट हुन पुग्दा टिम अझ दवाबमा आएको थियो ।

पारसले २२ बलको सामना गर्दै ३ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । पारस लगत्तै टिमको विकेट पतनको सिलशिला रोकिएन जसमध्य टिमबाट डेब्यु खेल खेलेका कुशल मल्लले २ रन बनाए भने सन्दिप जोराले १७ रनको योगदान गरे ।

त्यसपछि टिमलाई सम्हाने क्रममा उप – कप्तान दिपेन्द्र सिँह एरिले राम्रो प्रदर्शन गर्ने क्रममा ४० रनको योगदान गरे । ३३ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । उनी क्याच आउट हुन पुगेका थिए ।

यस्तै अन्त्यमा सोमपाल कामी र बिस्पोटक विकेटकिपर ब्याटसम्यान बिनोद भण्डारीले अबिजित रहदै क्रमश : २५ र ११ रन बनाए

बलिङतर्फ जिम्बावेका लागि सेन विलिमसनले सर्बाधिक २ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्