क्यानको बिशेष साधारणसभा काठमाडौमा सुरु
असोज १० , अनलाईन खेलखबर || क्रिकेटको सर्बोच्च निकाय अन्तरास्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को निलम्बन फुकुवा प्रकियामा रहेको नेपाल क्रीकेट संघको बिशेष साधारणसभा सुरु भएको छ ।
काठमाडौमा जारी बिशेष साधारणसभालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले उद्घाटन गरेका थिए ।
सभालाई उद्घाटन गर्ने क्रममा मन्त्री बिश्वकर्माले खुशी ब्यक्त गर्दै क्रीकेट समस्या अब चाडै समाधान हुने बिश्वास ब्यक्त गरेका थिए ।
यहि साधारणसभाबाट संघले नयाँ कार्यसमिति समेत प्राप्त गर्नेछ । झन्डै झन्डै ४ बर्ष निलम्वनमा परेको क्यान अहिले फुकुवा नजिक पुगेको छ ।
तत्कालीन समयमा संघमा सरकारी हस्तक्षेप र आर्थिक अपारदर्शीता भएको भन्दै आईसीसीले नेपाललाई निलम्बन गरेको थियो ।
त्यसबेला अहिलेका अध्यक्ष उम्मेदवार चतुरबहादुर चन्द साधारणसभामार्फत अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप ) ले मान्यता मात्र दिएन कि अर्को तदर्थ समितीनै खडा गर्यो ।
जसमा अहिलेका सदस्य सचीव रमेश सिलबाललाई अध्यक्ष बनाएर राखेपले क्यानको तदर्थ समिति खडा गर्यो ।
र त्यस तदर्थ समिति बिरुद्ध निर्वाचित क्रिकेट संघले २०७२ मङ्सिरमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि आईसीसीले पनि एक देशमा दुई समितीलाई मान्यता नदिने हुँदा र स्पष्ट रुपमा सरकारी हस्तक्षेप देखेपछि क्यानलाई निलम्बित गरेको थियो ।
निलम्बन परेपछि निलम्बन फुकुवाका लागि आईसीसीले सल्लाहकार समितीमार्फत नयाँ बिधान तयार गरिएको छ । सोही बिधान अनुसारनै अहिले प्रक्रिया चलिरहेको छ । जिल्ला र प्रदेशको काम सकाएर अहिले केन्दको काम गर्न थालिएको हो ।
यसपटक क्यानको नयाँ कार्यसमितिमा लामो समय क्रीकेटमा बिताएका विनयराज पाण्डे र चतुरबहादुर चन्दनै मुख्यत नेतृत्वदायी भुमिकामा आउन खोजेका छ्न । दुबैले सन्चारमाध्यममै आफ्नो उमेदवारी घोषणा गरिसकेको अवस्था छ ।
शनिवार क्यानको नयाँ कार्यसमितिको निर्वाचन हुनेछ र सोही दिन नेपालले नयाँ १७ सदस्यीय कार्यसमिति पाउने छ । कार्यसमितिलाई ३९ जिल्लाका १/१ प्रतिनिधि र प्रदेशका २० जना प्रतिनिधिले चयन गर्नेछ्न ।