onlinekhelkhabar.com

Complete website for Nepali Sports News

त्रिकोणात्मक सिरिज : आज नेपाल र जिम्बावे भिड्दै

असोज १० , अनलाइन खेलखबर || सिगांपुर क्रीकेटको आयोजनामा नेपाल , सिगांपुर र जिम्बावेबीचको त्रिकोणात्मक सिरिज आजबाट सुरु हुँदैछ ।

जसअन्तर्गत नेपालले आजनै सिरिजको पहिलो खेलमा जिम्बावेको सामना गर्दैछ । टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बावे आफैमा बलियो टिम हो त्यसमा दुईमत छैन ।

त्यसैले आज बेलुका सवा ५ बजेपछि सुरु हुने खेलमा नेपालले जिम्बावेविरुद्ध कस्तो खेक्नेछ त्यो हेर्न लायक पक्कै हुनेछ ।

जिम्बाबे टेस्ट मान्यता प्राप्त हुँदा नेपाल र जिम्बावेको भेट बिरलै हुने गर्छ । पछिल्लो समय जिम्बावेमै भएको एकदिवसीय विश्वकप छ्नोट प्रतियोगितामा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको थियो ।

उक्त खेलमा ट्स जितेर पहिले ब्याटिङ गरेको जिम्बावे निर्धारित ५० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर ३ सय ८० रन बनाएको थियो । त्यसपछि जवाफी ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर २ सय ६४ रन बनाउन सफल भएको थियो ।

पछिल्लो समय एकदिवसीय भेट भएको भएता पनि टि – ट्वान्टीमा यी दुईबीच भेट भने हुन सकेको छैन ।

जिम्बावेले भर्खरै बङ्लादेशमा त्रिकोणात्मक सिरिज खेलेर सिगांपुर पुगेको हो । युवा खेलाडीले भरिपुर्ण टिममा जिम्बावेले बङ्लादेशमा राम्रो प्रदर्शन गरेको थियो ।

यता नेपाल लामो समयको अन्तरालमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीमा नियमित उप – कप्तान ज्ञानेन्द्र मल्ल , मध्यक्रमका फिनिसर शरद भेषावकर र अनुभवी बसन्त रेग्मीलाई यसपटक टिममा समाबेश गरिएको छैन ।

टिममा ग्लोबल आईकन सन्दिप लामिछाने जोडिने छ्न । उनी वेस्ट ईन्डिजको लिग क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) बीचमै छोडेर टिममा जोडीन आईपुगेका छ्न । जुन नेपालका लागि अर्को बलियो पक्ष हुन सक्छ ।

युवा खेलाडीको राम्रो साथ पाएको नेपालले पहिलोपटक ईशान पाण्डे र कुशल मल्ललाई स्थान दिएको छ । सम्भवत ईशान आज जिम्बाबेबिरुद्दको खेलमा ओपनिङ ब्याट्सम्यानका हैसियतले डेब्यु गर्नेछ्न ।

आज जिम्बावेविरुद्ध कप्तान पारस खड्कालाई ओपनिङ ईशानले साथ दिने सम्भावना प्रबल रहेको छ । खेल भने कस्तो रहन्छ त्यो भने सबैलाई अहिले कौतुहलको विषय बनेको छ ।

यता आजबाट सुरु हुने यो सिरिजको खेल दर्शकले प्रत्यक्ष हेर्न पाउने छ्न ।

सिरिजको आयोजक सिगांपुर क्रीकेट एसोसिएसनका अनुसार सिरिजको सबै खेल वैइसी स्पोर्ट्स ( Wecsports ) ले गर्ने भएको छ ।

वैइसी स्पोर्ट्सले विगत केही समय देखि सिगांपुरमा हुने क्रीकेट खेललाई डिजिटलमाध्यम अर्थात फेसबुक र युटुभबाट प्रत्यक्ष प्रशारण गर्दै आएको छ । यसअर्थमा हामीले बिशेषगरी फेसबुक लाईभमार्फत खेललाई हेर्न सकिनेछ ।

डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजमा नेपालले शनिबार आयोजक सिगांपुरसँग खेक्नेछ । भने असोज १४ गते मगंलबार फेरि जिम्बाबेसँग खेल्नेछ भने १५ गते सिगापुरसँग दोस्रो खेल खेक्नेछ ।

त्यसपछि डबल राउण्ड रोबिनको आधारमा शीर्षस्थानका दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *