Thu. Feb 22nd, 2024

असोज ९, अनलाइन खेलखबर || भोलिबाट सिगांपुरमा हुने तीन राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजको खेल दर्शकले प्रत्यक्ष हेर्न पाउने भएका छ्न ।

सिरिजको आयोजक सिगांपुर क्रीकेट एसोसिएसनका अनुसार सिरिजको सबै खेल वैइसी स्पोर्ट्स ( Wecsports ) ले गर्नेभएको छ ।

वैइसी स्पोर्ट्सले विगत केही समय देखि सिगांपुरमा हुने क्रीकेट खेललाई डिजिटलमाध्यम अर्थात फेसबुक र युटुभबाट प्रत्यक्ष प्रशारण गर्दै आएको छ । यसअर्थमा हामीले बिशेषगरी फेसबुक लाईभमार्फत खेललाई हेर्न सकिनेछ ।

लाईभको सन्दर्भमा हेर्न लायक हुनेछ । उत्कृष्ट नभएपनि केही नहुनु भन्दा हेर्न लायक पक्कै हुनेछ ।

Sudreeshya IT Training Academy | Click to learn more

यता प्रतियोगिताको सुरुवात नेपालले भोलि शुक्रबार जिम्बाबेसँग पहिलो खेल खेक्दै सुरुवात गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजेपछि हुनेछ ।

डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजमा नेपालले शनिबार आयोजक सिगांपुरसँग खेक्नेछ । भने असोज १४ गते मगंलबार फेरि जिम्बाबेसँग खेल्नेछ भने १५ गते सिगापुरसँग दोस्रो खेल खेक्नेछ ।

त्यसपछि डबल राउण्ड रोबिनको आधारमा शीर्षस्थानका दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ्न ।
 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *