सहमतीको बाधक म होईन , अन्तिमपटक मौका दिनुस : चतुरबहादुर चन्द
शलमान शाह , अनलाइन खेलखबर || क्रिकेटको उभरभूमि सुदुर पश्चिम अझ त्यसमाथि भन्नु पर्दा बैतडी जिल्लामार्फत् क्रिकेटमा होमिदै लामो समय जिल्ला , तत्कालिन क्षेत्र र केन्द्रमा रहेर क्रिकेटमा योगदान पुर्याएका चतुरबहादुर चन्द फेरी नेपाल क्रिकेट संघ ( क्यान ) को नेतृत्वदायी भूमिकामा आउँन लागि परेका छन् ।
विसं २०५५ मा बतैडी जिल्ला अध्यक्ष हुँदै क्रिकेट प्रशाशन सुरु गरेका चन्द तत्कालिन क्षेत्र नम्बर ६ का सस्थापक अध्यक्ष हुँदै ६३ सालमा केन्दीय उपाध्यक्ष बनेका चन्द ७२ सालमा केन्द्रीय अध्यक्ष बने तर पूर्णतया नै काम गर्न पाएँनन ।
निष्पक्ष निर्वाचन नगरेको भन्दै राष्टिय खेल परिषद ( राखेप ) ले मान्यता नदिएपछि राखेपद्रारा क्यानको तदर्थ समिति गठन गर्यो । जसबाट आईसीसीले सरकारी हस्तक्षेप लगायतका कारण देखाउँदै नेपाल क्रिकेट संघलाई निलम्बनमा राख्यो जुन अहिलेसम्म पनि जारी रहेको छ ।
यसैबीचमा निलम्बनमा रहेको नेपाल क्रिकेट संघ ( क्यान ) बिभिन्न प्रकिया पार गर्दै अहिले निलम्बनको फुकुवाको प्रकिया नजिक पुगेको अबस्था छ ।
त्यस भित्र महत्वपूर्ण रहेको केन्दीय कार्यसमिति चयन हुनु पनि एक हो । आईसीसीले तयार गरेको स्वतन्त्र कमीटीले तयार गरेको विधान अनुसार जिल्ला , प्रदेशको कार्यसमिति चयन भईसकेको अबस्था अहिले छ ।
र केन्द्रको कार्यसमिती चयन आउँदो असोज १० र ११ गते काठमाण्डौमा हुँने बिशेष साधारणसभामार्फत हुदैछ । बिशेष साधारणसभाको मिति नजिकिदै गर्दा अहिले माहोल चुनाव वरिपरी घुमीरहेको छ । आगामी कार्यसमितिका लागि मुख्यत हालसम्म दुई जनाको नाम बाहिर आएको छ जसमा चतुरबहादुर चन्द र विनयराज पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन ।
यसैबीचमा अध्यक्षका एक जना उम्मेदवार चतुरबहादुर चन्दसँग अनलाइन खेलखबरले यसै क्यानको चुनावलाई केन्दित रहेर कुराकानी गरेको थियो , अबको क्रममा उनिसँग हामीले गरेका कुराकानीको मुख्य अँम्शलाई हामिले क्रमश : प्रस्तुत गरेका छौ ।
आफ्नो उमेदवारीलाई स्वाभाविक रुपमा लिदै लामोसमय देखि क्रिकेटमा काम गर्दै आएको र पछिल्लो समय अध्यक्ष भएर पनि काम गर्न नपाएपछी आफ्ना योजना र भिजनहरुलाई प्रयोगमा ल्याउने हिसाबमा आफुहरु हुँदाहुँदै पनि क्रिकेटलाई अझ उचाईमा पुर्याउने सोच बनाउदै लागिपरेका थियौ ।
तर त्यो चारवर्षमा काम गर्न नपाएपछी झन् ओरालो लाग्यो । नेपाल सरकारको प्रतक्ष्य सरकारी हस्त्क्षेपका कारण निलम्बनको अबस्थामा पुग्यो । उनि यसरी तत्कालिन समयलाई चित्रण गर्छन ।
निलम्बनमा परेपछि हाम्रो अन्य लक्ष्यनै रहेन । नेपाली क्रिकेटलाई कसरी बचाउने , निलम्बन कसरी फुकुवा गर्ने , नेपाली क्रिकेटको जो बदनाम भएको छ त्यसलाई कसरी समर्थकसामु स्वच् यो हो नेपाली क्रिकेटको वास्तबिक ऐना भनेर देखाउनुनै आफ्नो पहिलो लक्ष्य रहेको चन्दले हामीसँगको कुराकानीमा भनेका थिए ।
त्यसपछी क्रिकेट बिकास र क्रिकेटमा गर्नुपर्ने थुप्रै कामहरु रहेको भन्दै चन्दले आईसीसीको संकाको दृष्टिले निलम्बनपुर्व पनि हेर्दै आएको थियो । खास गरेर गर्भनरका बिषयमा आर्धिक पार्दशिकतामा अब भने त्यसलाई प्रस्ट बनाउनु पर्नेछ । उनि भन्छन
यता आईसीसीको निलम्बनमा चन्दको पनि ठुलो हात छ भन्ने आरोपलाई उनले पूर्णत खण्डन गर्छन उनि भन्छन ‘क्यानको निलम्बनमा हाम्रो कुनै हात छैन , आईसीसीले स्पष्ट भनेको छ की नेपाली क्रिकेटमा सरकारी हस्तक्षेपले भयो । सरकारी हस्तक्षेप भनेपछि त सरकारी आयो , हामीले क्रिकेट संघ र चतुरबहादुर चन्दले गरेको हो र !
सरकारले निर्बाचन कमिटीबिरुद्द अर्को कमिटी बनायो । काम गर्ने बाताबरण भएन देशमा दुईवटा संस्थालाई आईसीसीले मान्यता दिदैन , एउटा निर्वाचित कमिटी र अर्को सरकारले बनाएको कमिटी कसलाई मान्यता दिने भनेर सरकारी हस्तक्षेपको कारणनै निलम्बन भएको उनको घारणा रहेको थियो ।
जसलाई उनले अर्को कमिटी बनाउनेहरुको गल्तिका कारण यस्तो भएको भन्दै यदि निष्पक्ष ,, निर्वाचन भएको छैन भने उहाँहरुले भन्नुपर्छ नि फेरी मेरो रोबहरमा निर्वाचन गर भनेर… हामीले हामिलाई समय दिनुस ५/७ दिन हामी जुनसुकै बेला फेरी निर्वाचन गर्न तयार छौ , हात खडा गर्न तयार छौ , जिल्लाका प्रतिनिधि आउँन तयार छन । निष्पक्ष भएको छैन भनेर मनगणते हिसाबले जिल्लाका आ-आफ्ना नाम तोकेर प्रतिनिधि ल्याए भने अहिले हेर्नुहोस् ति फर्जी थिएँ भने अहिले ५९ जनामा त्यसबेलाका ९० प्रतिशत छन । अनि कसरी फर्जी हुँन सक्छ उनले यसबारेमा तथ्यसहित सटिक उत्तर दिए ।
२ वर्ष भित्र डिभिजन ५ देखि १ सम्म पुर्याएर नेपाललाई पहिलोपटक विश्वकप खेल्दा र खेलाडीलाई ५ भएनी १० हजार भएपनि भएपनि भत्ताको ब्यबस्था आफ्नो पालामा भएको भन्दै चन्दले यसलाई भुल्न नहुने बताउछन ।
कार्यसमिती छनोट गर्ने क्रममा सहमतिका लागि आफु बाधक नभएको म अहिले पनि निलम्बन अध्यक्षनै रहेको छु , म अध्यक्ष भएको बेला उपाध्यक्षमा अहिले बस्न मिल्छ , म चाही पूर्व अध्यक्ष तथा हालका सम्भावित दाबेदार विनयराज पाण्डे अग्रज र नेपाली क्रिकेटको महान व्यक्तित्व हो ।
उहाँले नेपाली क्रिकेटमा ४० बर्षभन्दा बढी सेवा गर्नुभएको छ । अध्यक्ष भएर पनि नेपाली क्रिकेटलाई पनि चलाउनु भएको छ । उहाँको मातहतमा म नि उपाध्यक्ष थिए । त्यसकारण मैले उहाँसँग अनुरोध पनि गरे तपाई नेपाली क्रिकेटको एउटा संरक्षक पनि त्यसैले चिफप्याटनमा बन्नुहोस , तपाईका मोडेल , योजना र सर -सल्लाहले नेपाली क्रिकेटलाई म अगाडी बढाउछु मलाई अध्यक्ष स्वकार गरेर आफु अभिभावकत्वको रुपमा रहेर मैले अनुरोध आग्रह गरे सुरुमा केहि भन्नु पनि भएन नाई पनि भन्नु भयो । तर अहिले पनि बिनय दाईले छोड्नु भयो भने अहिले पनि सहमति हुने उनि बताउछन । र यसलाई उनले अन्तिमपटक क्रिकेटको नेतृत्वमा बसेर सेवा गर्ने सोच रहेको जानकारी समेत हामसँगको कुराकानीमा गरेका थिए ।
यता केन्दीय समिति चयनमा हरेक जिल्लाका १/१ प्रतिनिधि गरेर ३९ जना त्यस्तै प्रदेशका २० जना गरि कुल ५९ जनाको मताधिकार रहने छ ।
नेपाल क्रिकेट संघ (क्यान) नयाँ कार्यसमिति गठन भएपछि लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल( आईसीसी ) ले नेपाल क्रिकेट माथि लगाउदै आएको निलम्बन हट्ने विश्वास समेत गरिएको छ ।
अब हेर्नुहोस पुरा अन्तर्वार्ता भिडियोमा