नेपाली क्रीकेट टोली भोलि सिगांपुर जाँदै
असोज ७ , अनलाइन खेलखबर ।। आसन्न सिगांपुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रीकेट टिम भोलि सिगांपुर जाने भएको छ ।
टिमले सुरुमा सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म सिगांपुरमा हुने जिम्बाबे , सिगांपुर र नेपालबीचको त्रिकोणात्मक सिरिज खेल्नेछ ।
त्यसपछि नेपालको यात्रा ओमानतर्फ हुनेछ । ओमानमा नेपालले ५ राष्ट्र सम्मलित अर्को टि – ट्वान्टी प्रतियोगिता खेल्नेछ ।
अक्टोबर ५ देखी १० सम्म् ओमानमा हुने टि – ट्वान्टी प्रतियोगितामा आयोजक ओमान सहित नेपाल, हङकङ , आयरल्याण्ड र नेदरल्यान्डले सहभागी जनाउने छ्न ।
त्यसपछि आउदो मङ्गसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) नेपालले खेल्ने अर्को प्रतियोगिता हुनेछ । सागको तयारीमा रहेको नेपाली टोलीलाई सिगांपुर र ओमान भ्रमणले थप टेवा पुर्याउने बिश्वास गरिएको छ ।
यता दुई भ्रमणका लागि केहि दिन अघि कप्तान पारस खड्का सहित १५ सदस्यीय टोलीको घोषणा गरिएको थियो ।
जसमा उप – कप्तानमा पहिलो पटक दीपेन्द्र सिँह एरिलाई जिम्मा दिईएको छ । नियमित उप – कप्तान ज्ञानेन्द्र मल्लको अनुपस्थितमा उनलाई सो जिम्मेवारी दिएको हो ।
यस्तै टिममा करन केसि , बिनोद भण्डारी , सन्दिप लामिछाने , रोहित कुमार पौडेल , पवन सरार्फ , आरिफ शेख , सोमापाल कामी , ललित नारायण , अभिनास बोहरा , सुशन भारी , सन्दिप जोरा , कुशल मल्ल र ईशान पाण्डे रहेका छ्न ।
कुशल र ईशानले पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका छ्न ।