पोखरा प्रिमियर लिग कार्तिक अन्तिम साताबाट सुरु हुँने
असोज ६ , अनलाइन खेलखबर ।। नेपालको पर्यटकीय शहर पोखरामा हुने नेपालको चर्चित तथा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पिपिएल ) यहि आउँदो कार्तिक २६ गतेदेखि मंसिर ७ गते हुने भएको छ ।
प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले सोेमबार जारी रहेको प्रेस विज्ञप्ती अनुसार यस सस्करण कार्तिकमा गर्न लागिएको हो ।
पहिलो सस्करण सभ्य र भब्य तरिकाले सम्पन्न गरेको आयोजकले यस सस्करणलाई अझ ब्यापक गराउने तयारीमा रहेको बुझिएको छ ।
पिपिएलमा नेपालका ६ मुख्य शहरका नाममा ६ फ़ेञ्चाईज टोलीको सहभागिता रहनेछ । पहिलो संस्करणको उपाधि पोखरा पल्टनले उचालेको थियो ।
गत बर्षको पोखरा प्रिमियर लिग ( पिपिएल ) मा नेपालका राष्टिय क्रिकेट खेलाडी तथा बिदेशी चर्चित खेलाडीहरुको सहभागिता जनाएका थिए ।
यसपटकको पिपिएलले पनि पोखराको पर्यटन बिकाशमा योगदान गर्दै नेपालको भ्रमण बर्ष २०२० लाई मनाउन लागेको अवसरमा पिपिएल लिगले सकारात्मक सन्देश जाने विश्वास लिएको पोखरा प्रिमियर लिगका कार्यकारी निर्देशक छुम्बी लामाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतियोगितमा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स्, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले सहभागिता रहने छ ।