onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्बोड्सको तेस्रो हार : सन्दिपको किफायती बलिङ

असोज ६ , अनलाइन खेलखबर ।। क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम बार्बाडोस ट्रिडेन्ट गुएना अमेजन वारिवर्ससँग पराजित हुन पुगेको छ ।

आज सोमबार बिहान भएको खेलमा वर्षाले प्रभावित् गरेपछि खेललाई डिएल मेथडमार्फत छिनोफानो भएको थियो । जसमा गुएनाले बाजी मार्दै बार्बाडोसलाई १२ रनले पराजित गरेको छ ।

बार्बोड्सको घरेलु मैदान केंसिंग्टन ओवल, ब्रिजटाउनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बार्बोड्स १९.२ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो ।

बार्बोड्सका लागि जीन-पॉल ड्यूमिनीले सर्बाधिक धेरै रन बनाए । ३२ बलको सामना गरेका उनले २ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका थिए भने ओपनर ब्याट्सम्यान एलेक्स हेल्सको २४ रन पनि सम्झिन लायक हुँदा अन्य खेलाडीले भने त्यति सन्तोषजनक प्रदर्शन गर्न सकेनन र टिम मध्यम स्कोरमा रोकिन बाध्य भयो ।

बलिङतर्फ गुएनाका लागि क्रिस ग्रीनले सर्इबाधिक ४ विकेट हात पारे भने ईमरान ताहिरले २ तथा कीमो पॉल, रोमारियो शेफर्ड, शोएब मलिक,र ओडियन स्मिथले समान १/१ विकेट लिएका थिए ।

त्यसपछी बार्बोड्सले प्रस्तुत गरेको १ सय ३९ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको गुएना ११ ओभरमा ८१ रन जोड्दा २ विकेट गुमाएको अबस्थामा भारी बर्षा हुँदा खेल हुन् सकेन ।

गुएनालाई जित दिलाउँने क्रममा ओपनर ब्याट्सम्यान ब्रैंडन किंगको मुख्य भूमिका रह्यो । अविजित रहेका उनले ३४ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतमा अर्धशतकीय पारी खेल्ने क्रममा ५१ रन बनाएका थिए । यस्तै टिमका लागि चंद्रपाल हेमराजले २० रनको योगदान गरेका थिए ।

बलिङतर्फ बार्बोड्सका सन्दिप लामिछाने र जिन पाल ड्युमिनीले समान १./१ विकेट लिएका थिए ।नेपालका सन्दिपले ३ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिएर उक्त विकेट लिएका थिए । योसँगै जारी लिगमा सन्दिपले आफ्नो विकेट सङख्या ६ पुर्याएका छन ।

प्रतिक्रिया दिनुहोस्