भारत र दक्षिण अफ्रिकाको टी – ट्वान्टी सिरिज बराबरीमा सकियो
असोज ५ , अनलाइन खेलखबर || भारत र दक्षिण अफ्रिकाबीचको ३ टि -ट्वान्टी अन्तराष्ट्रिय सिरिज बराबरीमा सकिएको छ ।
आईतबार भएको अन्तिम तथा निर्णायक खेलमा दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले पराजित् गर्दै दक्षिण अफ्रिकाले सिरिजलाई बराबरीमा ल्याउन सफल भएको छ ।
तिन खेलको सिरिज भएता पनि पहिलो खेल वर्षाले प्रभावित भएपछी हुन सकेको थिएँन । भने दोस्रो खेलमा भने भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको थियो । र आजको खेलले सिरिजलाई निर्णायक मोड दिने थियो जसमा दक्षिण अफ्रिकाले बाजी मार्दै सिरिज बराबरी गरेको छ ।
खेलमा भारतले दिएको १ सय ३५ रनको विजयी चुनौतीलाई दक्षिण अफ्रिकाले १६.५ ओभरमा मात्र ११ विकेट गुमाएर भेटायो ।
मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालाई जित दिलाउँन कप्तान तथा विकेटकिपर ब्याट्सम्यान क्विंटन डी कॉकले महत्वपूर्ण पारी खेले । उनले टिमलाई जित दिलाउँने क्रममा अविजित रहदै ७९ रनको पारी खेले ।
यस्तै टिमका लागि रीजा हेंड्रिक्सले २८ रन तथा तेम्बा बावुमाले २७ रन बनाएका थिए ।
बलिङतर्फ भारतका हार्दिक पाण्डेयले एक विकेट हात पारेका थिए ।
त्यसअघि एम चिन्नास्वामी स्टेडियम, बेंगलुरुमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
भारतका लागि शीखर धवनले सर्बाधिक ३६ रनको योगदान दिदा रिसभ पन्तले १९ रनको पारी खेल्दा अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम कम स्कोरमा रोकिएको थियो ।
बलिङतर्फ दक्षिण अफ्रीका कगीसो रबाडाले ३ तथा ब्योर्न फोर्टुइन, बेयूरन हेंड्रिकले समान २/२ विकेट हात पारे भने तबरेज़ शम्सीले पनि १ विकेट लिएका थिए ।
अब भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले भारतसँग ३ टेस्ट खेल खेल्नेछ ।