onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिपको टिम बार्बाडोसले आज राती गुएनासँग भिड्ने : सन्दिप खेल्ने प्रबल सम्भावना

असोज ५ , अनलाइन खेलखबर || क्यारेबियन क्रीकेट लिग ( सिपिएल ) अन्तर्गत नेपालका स्टार क्रीकेटर सन्दिप लामीछानेको टिम बार्बाडोस ट्रिडेन्टले आज राती गुएना अमेजन वारिवर्ससँग भिड्दै छ ।

नेपाली समय अनुसार राती पौने ४ बजेपछि हुने खेलमा बार्बाडोस तेस्रो जितको खोजिमा रहने छ भने गुएना भने आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ ।

गुएनाले अहिलेसम्म ५ खेलीसकेको छ । जसमा शत – प्रतिशत नतिजा निकाल्दै १० अंकसहित अंकतालीकाको पहिलो स्थानमा रहेको छ ।

भने सन्दिपको टिम बार्बाडोस ४ खेलबाट २ मा जित र दुई खेलमा पराजित हुँदै ४ अंकसहित अंकतालिकाको चौथोस्थानमा रहेको छ ।

बार्बाडोसको घरेलु मैदानमा हुने खेलमा बार्बाडोस जित हासिल गर्ने रणनीतिका साथ मैदानमा उत्रिने छ ।

यता गुएनाबिरुद्दको खेलमा नेपालका युवा क्रीकेटर सन्दिप लामिछानेलाई टिमले अन्तिम ११ मा समाबेश गर्ने प्रबल सम्भावना रहेको छ ।

सन्दिपले टिमले खेलेका सबै खेलमा खेल्ने मौका प्राप्त गरेका छ्न । जसअन्तर्गत उनले ५ विकेट पनि हात पारिसकेका छ्न ।

प्रतिक्रिया दिनुहोस्