आईसीसी टि – ट्वान्टी वरियतामा नेपाल पुरानै स्थानमा रहन सफल
असोज ४ , अनलाइन खेलखबर || अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा पुरानै स्थानमा यथावत रहने क्रममा ११ औं स्थानमा रहन सफल भएको छ ।
अघिल्लो महिनामा पनि सोही स्थानमा रहेको नेपाल आईसीसीले सार्बजनिक गरेको नयाँ वरियतामा पनि सोही स्थानमा रहेको छ ।
सार्बजनिक गरिएको वरियतामा १४ खेलबाट २०१ रेटिङ र २८१८ पोईन्टका साथ नेपाल सो स्थानमा रहेको हो ।
नेपालअघि १० टेस्ट राष्ट्र र पछी भने एसोसियट का क्रमश : स्कटल्याण्ड , युएई र टेस्ट राष्ट्र आयरल्याण्ड , जिम्बाबे रहेका छ्न ।
भने वरियताको पहिलो स्थानमा पाकिस्तान रहेको छ भने उसलाई ईङल्याण्ड , भारतले पछ्याईरहेको छ । त्यसपछि अष्ट्रेलिया , दक्षिण अफ्रिका न्युजिल्याण्ड , अफगानिस्तान , श्रीलंका , वेस्ट ईन्डिज र बङलादेश रहेका छ्न ।
नेपालले यस अन्तर्गत अघिल्लो महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी सिरिज तथा सिंगापुरमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो ।