onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एउटा मात्र खेल नेपाललाई जिताए भने पनि मेरो मेहनत् पूरा हुन्छ – ईशान पाण्डे

असोज ३ ,अनलाइन खेलखबर || आसन्न सिगांपुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक समाबेश भएका युवा क्रिकेटर ईशान पाण्डेले आफ्नो टिमका लागि एउटा पनि खेल जिताए भने आफ्नो अहिलेसम्मको मेहनत् पूरा हुने बताएका छन ।

बिहिबार टिम घोषणा कार्यक्रम पश्चात नेपाली खेल पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा उनले उक्त भनाई ब्यक्त गरेका थिए ।

सन् २०१६ मा यु -१९ विश्वकप खेल्दा खेरी टिममा रहेका ईशान लामो समय देखि क्रिकेटमा फर्किने कोशिसमा निरन्तर लागिपरेका थिए । पूर्ण मेहनतमा बिश्वास गर्ने ईशानको सकारात्मक सोच र निरन्तर प्रयासमा लामो समयको अन्तरालमा यु -१९ बाट सदै राष्ट्रिय टिममा पर्न सफल भएका छन ।

स्याङजा स्थाई घर भएका ईशान बाल्यकालमा भने भारतमा रहेर क्रिकेट सिके , उनको पिता जी भारतमा रोजकारी गर्ने हुँदा सानै उमेरमा उनि पितासँगै भारतमा गए , उनको बाल्यकाल भारतमा बित्यो , र उनले भारतमै पहिलो पटक ब्याट र बल समाते ।
भिडियो
त्यसपछी भारतमा प्लस टू सकेपछी उनि नेपाल आए र काठमाण्डौमा बस्न थाले र यहाँ आफ्नो क्रिकेटलाई अझ बिकशित र सुधार गर्न क्रिकेट एकेडेमीमा भर्ना भई नियमित क्रिकेट सिक्न थाले । त्यसैको प्रतिफल उनि सन् २०१६ मा यु -१९ टिममा आफुलाई पुर्याउन सफल भए ।

टिममा त परे उनि तर व्यक्तिगत रुपमा उनलाई त्यति सन्तोषजनक हुन भने टिमले विश्वकप पनि खेल्यो तर उनले खेल्न पाएँनन । त्यसपछी भने उनि गुमनांम जस्तै भए ।

तर उनि आफुलाई गायबनै भएको भन्न चाह्दैंनन , उनि भन्छन ” यस बीचमा उनले आफुले आफैलाई बिकाश र मेहनत गर्दै थिए , बिचमा कति बेला मौका पनि पाए तर मौकामा मैले प्रदर्शन गर्न सकिन , प्रदर्शन नगरेपछि आउने कुरा पनि भएन ” उनको सटिक उत्तर थियो ।

यता क्रिकेटसंगै पढाईमा पनि उत्तिकै अब्बल पाण्डे अहिले चिकित्सा बिषय अन्तर्गत एमबीबीएस पढ्दै छन । अहिले उनि एमबीबीएसको सुरुवाती चरणमा रहेका छन । यसैबीचमा उनि राष्टिय टिममा परेका छन ।

क्रिकेट र पढाईलाई सँगसंगै लग्ने सोचमा रहेका ईशानलाई दुई मध्ये एक रोज्न बाध्यकारी समय आएमा उनले क्रिकेटलाई नै रोज्ने बताउछंन । परिवारबाट , साथीभाई , कलेज प्रशासन सबैबाट उत्तिकै साथ पाईरहेका उनलाई अहिलेसम्म कुनै कठिनाई नभएको बताउछन ।

पढाई पछि उनको मुख्य रुचीको बिषय क्रिकेट त्यसमाथि नेपाली राष्टिय क्रिकेट टिममा पर्नु त्यसलाई उनले अबसरका रुपमा लिएका छन । टिमलाई एउटा खेल पनि नेपाललाई जिताए भने मेरो मेहनत् पूरा हुन्छ , उनि भन्छन ”

जब ईशानले क्रिकेट खेल्न थाले सुरु देखिनै ओपनिङ गर्दै आएका उनले यसपटक राष्टिय टिममा पनि ओपनिङनै गर्ने खुलासा समेत उनले पत्रकारहरुसँग गरे । यसै बिषयमा उनले भन्छन ” जुन दिन देखि मैले क्रिकेट सुरु गरे त्यसबेला देखिनै ओपनिङ गर्दै आएको छु , सिदै आएर राष्ट्रिय टिममा ओपनिङको जिम्मा पाएको भए मलाई पनि ग्राहो पर्न सक्थ्यो तर ७ बर्षदेखी करियर भर ओपनिङ गर्दै आएको हुँदा मलाई त्यस्तो गाह्रो पर्दैन ।

तर मैदानमा प्रवेश गर्दा त्यसलाई दबाब लिने की अवसर लिने त्यो कुरा मुख्य हुन आउछ , र उनि त्यसलाई अबसरका रुपमा ग्रहण गर्ने बताउछन ।

लामो समय क्रिकेटमा बिताईसकेका ईशान केहि महिना अघि काठमाण्डौमा भएको प्रधानमन्त्री कपका दौरान उनको प्रदर्शनका हिसावले चर्चामा रहेका थिए ।

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खडका र उप – कप्तान ज्ञानेन्द्र मल्लसहितको प्रदेश ३ बाट खेल्दा उनले निकै राम्रो प्रदर्शन गरेका थिए । जसमा उनले दुई अर्धशतकसहित प्रतियोगिताकै धेरै रन बनाउने खेलाडीमा चौथो स्थानमा रहेका थिए ।

प्रदेश ३ लाई सेमीफाइनल सम्म पुर्याउनका लागि उनले अहम भूमिका निर्बाह गरेका थिए । समूहका ४ र एक सेमीफाइनल गरि कुल ५ खेल खेलेका ईशान्तले १८० रन बनाउँन सफल भएका थिए ।

त्यसपछी प्रदर्शनका हिसाबले ईशानको चर्चा हुन थाल्यो । टिमले पनि उनलाई बन्द प्रसिक्षणमा पहिलो पटक बोलायो । बन्द प्रशिक्षणमा पनि उनले निकै राम्रो प्रदर्शन गरेपछी अहिले उनि पहिलो पटक राष्टिय क्रिकेट टिमका सदस्य हुन पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्