onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सिगांपुर र ओमान भ्रमणकालागि नेपाली क्रीकेट टोलीको घोषणा : दिपेन्द्रलाई पहिलो पटक उप – कप्तानीको जिम्मेवारी

असोज २ , अनलाइन खेलखबर ।। आसन्न सिगांपुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रीकेट टिमको घोषणा आज भएको छ ।

आज बिहान पत्रकार सम्मेलनमार्फत टिमको घोषणा गरिएको थियो । जसअन्तर्गत कप्तान पारस खड्का सहितको १५ सदस्यीय टोलीको घोषणा गरिएको छ ।

पारससहित टिममा टिमको उप – कप्तानमा पहिलो पटक दीपेन्द्र सिँह एरिलाई जिम्मा दिईएको छ । नियमित उप – कप्तान ज्ञानेन्द्र मल्लको अनुपस्थितमा उनलाई सो जिम्मेवारी दिएको हो ।

यस्तै टिममा करन केसि , बिनोद भण्डारी , सन्दिप लामिछाने , रोहित कुमार पौडेल , पवन सरार्फ , आरिफ शेख , सोमापाल कामी , ललित नारायण , अभिनास बोहरा , सुशन भारी , सन्दिप जोरा , कुशल मल्ल र ईशान पाण्डे रहेका छ्न ।

कुशल र ईशालले पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका छ्न ।

अब एक पछि अर्को अन्तराष्टिय क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टोलीले सहभागिता जनाउँदै छ । जसअन्तर्गत नेपालले पहिलो सिगांपुर भ्रमण र त्यसपछि लगत्तै नेपाली टोली ओमान भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

अब नेपालले सिंगापुर क्रिकेट एसोसिएसनको आयोजनामा नेपाल , सिगांपुर र जिम्बाबे बीचको त्रिकोर्णात्मक सिरिज खेल्नेछ जुन आउँदो सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म हुनेछ ।

सिगापुरपछि नेपाली टोलि ओमान प्रस्थान गर्नेछ । जहाँ अक्टोबर ५ देखी १० सम्म् ५ राष्ट सम्मलित टि- ट्वान्टी सिरिजमा सहभागिता जनाउने छ ।

ओमानमा हुने टि – ट्वान्टी प्रतियोगितामा आयोजक ओमान सहित नेपाल, हङकङ , आयरल्याण्ड र नेदरल्यान्डले सहभागी जनाउने छ्न ।

त्यसपछि आउदो मङ्गसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) नेपालले खेल्ने अर्को प्रतियोगिता हुनेछ । सागको तयारीमा रहेको नेपाली टोलीलाई सिगांपुर र ओमान भ्रमणले थप टेवा पुर्याउने बिश्वास गरिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *