सन्दिपको टिम सीपीएलमा फेरि पराजित : सन्दिप महँगा साबित

सन्दिपको टिम सीपीएलमा फेरि पराजित : सन्दिप महँगा साबित

भदौ ३० , अनलाइन खेलखबर || नेपालका युवा क्रीकेटर सन्दिप लामिछानेको टोली बार्बाडोस ट्रिडेन्ट क्यारेबियन क्रिकेट लिग (सीपीएल) को आफ्नो तेस्रो खेलमा जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको छ ।

गएराती भएको किङ्सटनमा भएको खेलमा सन्दिपको टिम बार्बाडोसले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको जमैकाले १८. ३ ओभरमा ६ विकेट गुमाएर उक्त लक्ष्य भेटायो ।

जमैकाको जितमा कप्तान चाडविक वाल्टनले सर्बाधिक ठूलो योगदान गरे । अविजित रहेका उनले अर्धशतकिय पारी खेल्ने क्रममा ५१ रन बनाए ।

यस्तै ग्लेन फिलिप्सले २८ रन , जाभिले ग्लेनले २७ रन तथा क्रिस गेलले २२ रनको योगदान गर्दा टिमलाई जित हासिल गर्न प्रयाप्त बन्यो ।

बलिङतर्फ बार्बाडोसका कप्तान जोसन होल्डर र ह्याडेन वाल्सले समान २/२ विकेट लिन सफल भए । भने रोशियोन पी रिमस र सन्दिपको नाममा पनि १/१ विकेट हात पर्यो ।

सन्दीपले आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गर्दै ३५ रन खर्चेर मात्र १ विकेट लिएका थिए । सन्दिपले जारी लिगमा ३ खेलबाट आफ्नो विकेट सङ्ख्या ४ पुर्याएका छ्न ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभर पुरै खेल्दै ९ को क्षतिमा १ सय ४० रन बनाएको थियो ।

बार्बाडोसका लागि एश्ले नर्सले सर्बाधिक ३७ रनको पारी खेल्दा जेपी डुमिनीले ३१ रन तथा लेनिको बाउचरले १५ रनको पारी खेल्दा अन्यको भने त्यति संतोषजनक प्रदंशन रहेन ।

बलिङतर्फ जमैकाका जाहिर खानले ३ तथा जर्ज वर्कर र रामेल लेविसले समान २/२ विकेट लिएका थिए ।

यो जितसँगै जमैका २ अंकसहित अहिले पनि अंकतालिकाको अन्तिम स्थानमा रहेको छ । यसअघि ४ खेलमा लगातार पराजित भएको जमैकाको यो पहिलो जित हो ।

यता बार्बाडोस अहिले ३ खेलमा २ मा हार र १ मा जित हासिल गर्दै पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *