गुमाउनु पर्ने केहि छैन , मौका दिने कि !
शलमान शाह , अनलाइन खेलखबर || नेपाली क्रिकेट टिमको अबको तालिका के रहेको छ ? त्यसबारेमा हामि धेरै अवगत भएकै कुरा हो जसअन्तर्गत अब नेपालले दुई राष्ट्रको भ्रमण गर्दैछ ।
पहिलो सिगांपुर र दोस्रोमा ओमान भ्रमणमा नेपाली टोलीले अब खेल्ने खेलको तालिका हो ।
आउँदो मसिर महिनामा नेपालमै हुन गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) को मुख्यतया टिम तयारीका क्रममा बन्द प्रशिक्षणमा रहेको छ । त्यसैबीचमा नेपाललाई दुई ठाउँबाट खेल्नका लागि प्रस्ताब आएको छ ।
र नेपालले पनि त्यो प्रस्ताबलाई स्वकार्दै सहभागी जनाउने भएको छ यसलाई नेपालले सागको तयारीमा थप टेवा पुर्याउने बिश्वास समेत लिएको छ ।
साग आउँन अझै केहि महिना बाकि रहेको अवस्थामा असोज बिशेषगरि नेपालीहरुको महान पर्व दशै माहोलमा लगातार दुई श्रीङखलामा नेपालले सहभागिता जनाउँदै छ ।
असोज १० देखि १६ मा सिगांपुरमा नेपाल खेल्नेछ । जहाँ ३ टिम जिम्बाबे , स्वयम् सिगांपुर र नेपालबीच त्रिकोणात्मक सिरिज खेल्नेछ । यो सिरिज खेलेपछि नेपाल फेरी अर्को सिरिज खेल्न ओमान प्रस्थान गर्नेछ ।
ओमानमा असोज १८ देखि २३ सम्म अर्को सिरिज सुरु हुनेछ । यहाँ भने ३ होईन की ५ टिमले सहभागिता जनाउदै छन । जसमा सिगांपुर र नेपाल सहित आयोजक ओमान , नेदरल्याण्ड र टेस्ट राष्ट्र आयरल्याण्डको सहभागिता रहने छ ।
नेपाल बाहेक अन्य टिमहरु मिसन विश्वकपका लागि र नेपाल भने मिसन सागको तयारीमाको रुपमा यो सिरिजलाई लिएको छ ।
सन् २०२० मा अष्टेलियामा हुने आईसीसी टि- ट्वान्टी विश्वकपका लागि छनोटको अन्तिम चरणमा ग्लोबल क्वालिफायर जो आउदो कार्तिक १ देखि १६ गतेसम्म युएईमा हुदैछ । जसमा यी माथिका टिमसहित कुल १६ टिमले सहभागिता जनाउदै छन तर यसमा हाल अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी ) को निलम्बनमा रहेको टेस्ट मान्यता प्राप्त जिम्बाबे भने यो छनोट खेल्न नपाउने घोषणा आईसीसीले गरिसकेको छ ।
जिम्बाबेको ठाउमा नाईजेरियाले यो छनोट खेल्नेछ । यसको अर्थ आगामी विश्वकपमा हामि सिदै जिम्बाबेलाई देख्न सक्ने छनौ ।
यता एकदिवसिय मान्यता प्राप्त हामि नेपाल भने विश्वकपको दोस्रो छनोट पार गर्न हामी सकेनौ । अघिल्लो साउन महिनामा सिगांपुरमा भएको छनोट प्रतियोगितामा नेपालले निकै खराब प्रदर्शन र सोच भन्दा धेरै बिपरित खेल्दा नेपाल छनोट हुन सकेन ।
विश्वकपको दोस्रो छनोट अर्थात एसिया फाइनल छनोट जसमा नेपाललाई प्रतियोगिता अघि छनोटको दाबेदार मध्यको एक टोलीको रुपमा चित्रण गरिएको थियो । नेपाल पनि उच्च मनोबलका साथ् छनोट प्रतियोगिता खेल्न सिगांपुर पनि पुगेको हो र खेलेको पनि हो तर … नेपाल कुल ५ टिम सहभागी रहेको प्रतियोगितामा नेपाल तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
प्रतियोगिताको प्राबधान अनुसार लिगको शिर्षस्थानमा रहने एक मात्र टिमले विश्वकपको आगामी यात्रा तय गर्ने थियो । जसमा सिगांपुरले बाजी मार्यो ।
यस्तो अबस्था थियो की अन्तिम खेलले छनोटको भाग्य रेखा तय गरेको थियो । प्रतियोगिताको अन्तिम खेलमा सिगांपुर र नेपाल भिडेका थिए । यो खेल जस्ले जित्यो त्यो टोली ग्लोबल छनोटमा छानिने थिए ।
भन्ने हो भने माहोल कुनै प्रतियोगिताको फाइनल अनुभूति गराउने थियो । एक किसिमको अघोषित फाइनल नै रहेको थियो त्यसमा नेपाल निकै ८२ रनले पराजित हुन पुग्यो |
नसोचेको प्रदर्शन र लज्जास्पद हारका बाबुजुत नेपाल पुन विश्वकप खेल्ने आफ्नो सपना पूरा गर्न सकेन नेपाललाई कतारले समेत उछिन्यो समान अंकभएपनि नेपाल तेस्रो स्थानमा रहयो । प्रतियोगिता भर नेपाली आलोचित समेत बन्यो समग्रमा भन्नुपर्दा नेपाललाई यो छनोट सुखद कुनै अर्थमा हुन सकेन ।
पहिलो खेलमा कतारसँग अपत्यारिदोहार संगै सुरुवात गरेको नेपालको अन्त्यपनि दुखद तरिकाले हुन पुगेको थियो ।
जसको परिणाम नेपाल सरहका टोली अहिले विश्वकप खेल्ने सपना सहित अभ्यास गरिरहेका छन । र नेपालले पनि अभ्यास गरिरहेको छ ।
फरक त्यति हो त्यो हामीसबैलाई जानकारी नै छ । तर यहां आउछ नेपालले भने अबका सिरिज आफ्नो प्रतिष्ठालाई जीवित राख्नका लागि पनि राम्रो खेल्नु पर्ने बाध्यता छ । यहां कुनै टिमलाई गुमाउनु केहि छैन । अनुभव र प्रयोगका लागि यस्ता प्रतियोगिताले कोशेढुंगाको माध्यम बन्न सक्छ ।
अब नेपालले के गर्छ , पक्कै नेपालले आफ्नो गुमेको शाखलाई जीवित राख्न यसलाई महत्वपूर्ण तरिकाले ग्रहण गर्नेछ ।
एसिया फाइनलले दिएको पिडालाई केहि हदसम्म भुल्याउन र आफ्नो पुरानो शाख फिर्ता लिदै नेपाल कमजोर भईहालेको छैन भन्ने संदेश दिन पनि नेपाललाई सिगांपुर र ओमान भ्रमण जरुरी रहेको छ ।
यस प्रतियोगीताले अबस्थालाई अझ नजिकबाट निल्याने माहोल मिल्नेछ । वस ! एसिया फाइनल छनोटमा मात्र कमजोर देखिएको हो कि साचिक्कै कमजोर बनिसकेको छ त्यसको असली परिक्षा यस प्रतियोगिताबाट पक्कै मिल्नेछ ।
तर अर्को पाटो नेपाललाई गुमाउनु केहि छैन अरुले पनि अभ्यासका लागि यी सिरिजलाई उपयोग गर्दा नेपालले पनि सोहि बाटोमा जाहोस भन्ने केहि क्रिकेट नजिकका जानकार पनि बताउछन |
यसलाई नेपालले केहि अनुभव र प्रयोगका रुपमा लिन सक्ने जसले टिमको सन्तुलन मापन पनि हुने , टिमको स्थिति पनि थाहा पाईने र समग्रमा टिमको अबस्था बारे जानकार भईने भनेर सल्लाह पनि अहिले सुन्न पाइन्छ ।
खेल्न गएपछी जित्नैका लागि खेलिन्छ , यो होईन की गुमाउनु केहि छैन भन्दैमा प्रयोगलाई हाबी गर्न दिनु पनि हुदैन र त्यसमा हामि केहि प्रयोग गर्न सक्छौ त्यसका लागि यस्ता प्रतियोगिता उत्कृष्ट माध्यम मानिन्छ । जो विश्व क्रिकेटमा सबै टिमले अपनाउदै आएका छन ।
त्यसको गतिलो उदारण हाम्रै छिमेकी जो क्रिकेटको आफूलाई महा सक्तिशाली पनि ठान्छ , एक किसिमले हो पनि , भारत् ले टिम , अबस्था हेरेर टिम पठाउछ , जस्तो टिम आफ्नो पनि उस्तै टिम यहां यो उदारण दिने प्रयास गरिएको छ की एउटा राम्रो शैलीलाई हामिले कसरी ग्रहण गर्न सकिन्छ ।
यो विश्व क्रिकेटमा जुनसुकै अबस्था र लेभलमा पनि गर्न सकिने हुन्छ । यसले के गर्छ के फाईदा गर्छ , हो यो कुरा मुख्य हुँन आउछ । पहिलो त टिम सन्तुलन कसरी गर्न सकिन्छ अर्को भनेको समान अवसर प्रदान हुन्छ , प्रतिभा देखाउन र ओझेलमा परेकालाई राम्रो अवसर बन्छ र टिमको क्षमता भबिस्यको मार्गदर्शनमा यो माहोलले अबसर बनि दिन्छ ।
त्यसैले आसन्न सिगांपुर र ओमान भ्रमणमा केहि यस्ता प्रतिभा छन जसलाई मौका दिन सकिन्छ , गुमाउनु केहि छैन मौका दिने कि ! पक्कै दिनु पर्छ । बिश्वास गरिनु पर्छ । अब यो होईन टिम पनि सन्तुलनमा बनोस लक्ष्य बनेको जित्ने नै हो त्यसका लागि अनुभवीका साथ अनुभव प्राप्त गर्न प्रयासरत रहेका लाई मौका दिनु पर्छ ।
जो अहिले बन्द प्रशिक्षणमा समेत बाक्लो सङख्यामा रहेका छन । जसले आफुलाई प्रमाणित गर्न लालाहित पनि देखिएका छन । नेपालीमा एउटा उखान नि रहेको छ नि “ सर्प पनि मरोस लाठी पनि नभाचिओस् ” हो यही सिद्दान्तमा टिमले यो अवसरलाई परिणत गर्नुपर्ने देखिन्छ । ……