टी – ट्वान्टी महिला क्रिकेटको वरियतामा नेपाल एक स्थान तल : ब्यक्तिगततर्फ सिता र नेरी समाबेश हुन् सफल
भदौ २७ , अनलाइन खेलखबर || अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी ) ले जारी गरेको नयाँ टी -ट्वान्टी वरियतामा नेपाली महिला क्रिकेट टिम १५ औँ स्थानमा रहेको छ ।
अघिल्लो समय १४ औँ स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै सो स्थानमा रहेको छ । नेपालले १९ खेलबाट २,४२५ पोईन्ट र १२८ रेटीङका साथ उक्त स्थान हासील गरेको छ ।
नेपाल भन्दा अगाडी एसोसियटबाट क्रमश : पपुवा न्युगिनी ,स्कटल्याण्ड र थाईल्याण्ड रहेका छन भने वरियतामा पहिलो स्थानमा अष्ट्रेलिया रहेको छ । भने अष्ट्रेलियालाई ईङल्याण्ड र न्युजिल्याण्डले पछ्याईरहेको छ ।
भने वेस्ट ईण्डिज चौथो र भारत पाँचौ स्थानमा रहेको छ । भारतपछी क्रमश : दक्षिण अफ्रिका , पाकिस्तान ,श्रीलंका , बंगलादेश , आयरल्याण्ड र जिम्बाबे रहेका छन ।
नेपाल पछिल्लो समय थाईल्याण्डमा भएको विश्वकप छनोट बाहेक अन्य प्रतियोगितामा सह्भागीता जनाएको छैन । जसमा नेपाल उप -विजेता बन्न सफल भएता पनि विश्वकप छनोटको अघिल्लो चरणमा पुग्न सकेको थिएन । त्यसबेला नेपाललाई हाल विश्वकपमा छनोट हुन पुगेको थाईल्याण्डनै बाधक बनेको थियो ।
यता व्यक्तिगत वरियतामा ब्याटिङतर्फ नेपालकी सिता रानामगर ८५ औँ स्थानमा रहन सफल भएकी छिन । बलिङतर्फ नेरी थापा ९०औँ स्थानमा रहदा अलराउण्डरतर्फ पनि सिता राना मगर वरियताको ५९ औँ स्थानमा रहन सफल भएकी छिन |