onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सागका लागि नेपाली महिला क्रिकेट टिमको प्रारम्भिक टोलीको घोषणा

भदौ २६ , अनलाइन खेलखबर ।। आउदो मङ्गसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) को लागि नेपाली महिला क्रिकेट टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

करिव एक महिना बन्द प्रशिक्षणमा रहेका ३५ जना खेलाडी मध्यबाट २५ जनाको टिमको घोषणा गरिएको छ । घरमानै हुन् लागेको सागलाई लिएर नेपाली टोली गोल्ड पदक उचाल्ने लक्ष्यसहित अहिले तयारीमा जुटिरहेका छन ।

सुरुवाती बन्द प्रशिक्षणमा रहेका ममता थापा, मन्जु बोगटी, ऋतु कनोजिया, सरस्वती पुन, लक्ष्मी चौधरी, रेखा रावल, कविता जोशी, खुसी डंगोल, शोभा आले र कविता गौतम टिमबाट बाहिरिएका छन ।

यता २५ भित्र कप्तान रुबिना क्षेत्री सहित् सिता राना मगर, नेरी थापा,सरिता मगर, काजल श्रेष्ठ, संगीता राई ,सबनम राई, अप्सरी बेगम,
कविता कुँवर, रोमा थापा, सोनु खड्का, अश्मिना कर्माचार्य,सोमु बिष्ट,शान्ति खतिवडा, ज्योति पाण्डे, करुणा भण्डारी ,रश्मी शर्मा
, सरस्वती चौधरी, रेवती धामी, ममता चौधरी, अन्जली चन्द,इन्दु बर्मा,डोली भट्ट,बिन्दु रावल र आरती बिडारी रहेका छन ।

अब यहि टोलीले बाकी समयमा बन्द प्रशिक्षणमा रहेर अन्तिमतिर अन्तिम टोलीको घोषणा हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *