onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पन्जांव राजस्थान सगँ १५ रनले पराजित : जित सगैँ राजस्थान ले आश अझै देखायो

अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत मङ्गलबार भएको खेल मा किंग्स ईलाभेन पन्जांव माथी राजस्थान रोयल्स १५ रन ले बिजयी भएको छ ।

प्रतियोगिता को ४० औं खेल मा सवाई मानसिँह स्टेडियम जयपुर मा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टिम राजस्थान ले जोस बट्टलर को ८२ रनको पारी को मद्धत मा ८ विकेट गुमाएर पुरै २० ओवर खेल्दै १ सय ५८ रन बनाएको थियो । ओपनर अजिक्य राहने लाई टिमको स्कोर ३७ रन हुदा मात्र ९ रन मा पहिलो बिकेट का लागि गुमाएको राजस्थान ले दोस्रो बिकेट ६ ओ वर ३ बल मा कृष्णप्पा गौतम लाई ८ रन मा गुमाएको थियो । यसपछि सन्जु सम्सन ले २२ रन बनाए भने बेन स्टोक ले १४ रन थपे भने महिपाल लोमरोल ले ९ रन बनाएका थिए ।

बलिङ तर्फ पन्जाव का लागि अन्द्रे टाय ले सर्बाधिक ४ विकेट लिन सफल भए भने मुजिव रहमान ले २ विकेट लिदाँ मार्कस स्टोनिस ले १ विकेट लिएका थिए ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको पाहुना टिम किंग्स ईलाभेन पन्जाव ले पुरै २० ओवर खेल्दै ७ विकेट गुमाएर मात्र १ सय ४३ रनमै सिमित हुन पुग्यो । पन्जाव का के एल राहुल को उत्कृष्ट पारी खेल्दा उनको पारि खेर हुन पुग्यो उनले अबिजित ९५ रन को पारी खेले यस बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान गर्न असफल हुँदा पन्जाव हार ब्यहोर्न बाध्य भयो ।

बलिगँ तर्फ राजस्थान का लागि कृष्णप्पा गौतम ले २ विकेट लिदाँ बेन स्टोक , जोफ्रा , जयदेव उन्ककत र इस सोधी ले समान १/१ विकेट लिन सफल भए ।

यो जित सगैँ राजस्थान ले प्ले अफ मा आफ्नो स्थान लाई अझै जिबितै राख्न सफल भएको छ , यदि आज हार ब्यहोर्थ्यो भने लगभग बाहिरिन्थ्यो अब राजस्थान को १० खेल बाट ४ खेल मा जित निकाल्दै ८ अंक सहित अंकतालिका को छ्ठैं, स्थान मा उक्लिएको छ । यता पराजित पन्जाव तेस्रो स्थान मै यथावत रहेको छ ।

अब प्रतियोगिता को ४१ औं खेल अन्तर्गत बुधबार पाचौं स्थान मा रहेको मुम्बई ईन्डियन ले चौधौं स्थानको कोलकता सगँ भिडने छ ।

प्रतिक्रिया दिनुहोस्