onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्बाडोसको जितमा नेपालका सन्दीप प्लेयर अफ द म्याच घोषित

भदौ २६ , अनलाइन खेलखबर ।। नेपालका स्टार क्रिकेटर सन्दिप लामिछाने वेस्ट ईण्डिजको क्रिकेट लिग क्यारेबियन क्रिकेट लिग ( सिपिएल ) को आफ्नो दोस्रो खेलमा प्लेयर अफ म्याच घोषित हुन् पुगेका छन ।

बिहिवार बिहान भएको खेलमा उनको टिम बार्बाडोसले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटस बिरुद्द १८ रनले हराउँदा सन्दिपले उत्कृष्ट बलिङ गरेका थिए । जारी प्रतियोगितमा बार्बाडोसको यो पहिलो जित हो यसअघि आफ्नो पहिलो खेलमा बार्बाडोस गुयना एमेजोनसँग ४७ रनले पराजित हुन पुगेको थियो ।

यता खेलमा बार्बाडोसले प्रस्तुत गरेको १ सय ८७ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको सेन्ट किट्सले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय ६८ रन मा सिमित हुन् पुगेपछि खेल बार्बाडोसले आफ्नो पक्षमा पार्न सफल भयो ।

सेन्ट किट्सका लागि लौरी इभान्सले सर्बाधिक ६४ रनको योगदान गरे । ४१ बलको सामना गरेका उनले १० चौका र १ छ्क्काको मद्दतमा उनले उक्त रन बनाएका थिए । उनि बाहेक तल्लोक्रममा डोमोनिक ड्रक्सले ३४ रनको योगदान गर्दा अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम जित नजिक पुगेर पनि असफल भयो ।

बलिङतर्फ बार्बाडोसका लागि सन्दिप लामिछानेले शानदार बलिङ गर्ने क्रममा ३ विकेट लिन सफल भए । आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गरेका उनले मात्र २२ रन खर्चिएर उक्त विकेट लिन सफल भए भनेकप्तान जोसन होल्डर र हेडेन वाल्शले समान २/२ विकेट लिए भने जोश लालोर,र रोशन प्रिमसले पनि १/१ विकेट हात पारे ।

त्यसअघि वार्नर पार्क क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निकै सुझबुझ ब्याटिङ् गर्ने क्रममा निर्धारित २० ओभर पुरै खेल्दै मात्र २ विकेट गुमाएर १ सय ८६ रनको योगफल खडा गरेको थियो ।

बार्बाडोसका लागि ओपनर ब्याट्सम्यान जोसन चार्लसले ५२ तथा एलेक्स हेल्सले १८ रनको योगदान गरेका थिए । भने लेनिको बाउचरले ईनिङको सर्बाधिक धेरै स्कोर बनाउने क्रममा अविजित रहदै ६२ रनको पारी खेलेका थिए भने जेपी ड्युमीनिले पनि आक्रामक ब्याटिङ गर्दै ३४ रनको योगदान गरे । उनि पनि अविजित रहेका थिए ।

बलिङतर्फ सेन्ट किट्सका उसामा मिर र रायद ईमिरिले समान १/१ विकेट हात पारे ।

अब बार्बाडोसले आफ्नो तेस्रो खेलमा आउदो १५ तारिखमा जमैकाससँग खेल्नेछ । यो खेल राति नेपाली समय अनुसार राति पौने ११ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्