onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

घरेलु समर्थकसामू खेल्न धेरै उत्साहित छौ : रुबिना क्षेत्री

भदौ २४ , अनलाइन खेलखबर || आउदो मङ्गसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) को मिति नजिकिदै गर्दा सागलाई लिएर नेपाली राष्टिय टिमकी कप्तान रुबिना क्षेत्रीले घरेलु समर्थकसामु खेल्न आफुहरु धेरै उत्साहित रहेको बताईएकी छिन ।

सोमबार अनलाइन खेलखबरसँग कुराकानी गर्ने क्रममा उनले उक्त भनाई राखेकी हुन । कुराकानीकै क्रममा उनले भनिन ” हामीहरुलाई पनि देखाउनु पर्ने चिजहरु धेरै छ , महिला टिमको बारेमा धेरैलाई थाहा नै छैन नेपालमा बसेर पनि , हामीले कति मेहनत गरेका छौ , कति पसिना बगाएका छौ भनेर देखाउन छ “।
भिडियो :
केहि समयमा यो मान्छे लायक गर्छ भन्ने कुराहरु धेरै खेलाडीलाई पनि देखाउन छ , नामले मात्र होईन खेलेरै देखाउन छ उनले थपिन । त्यसैले खेलाडीहरुमा अतिरिक्त २०/३० प्रतिशत छ जसले चाही उनीहरुलाई पनि आफ्नो ठाउँमा लोकप्रिय बन्न मौका दिने घारणा रुबिनाको रहेको थियो ।

पहिलो पटक महिला राष्टिय क्रिकेट टिमलाई सम्हान आएका नेपालका हालसम्मका सर्बाधिक सफल प्रशिक्षक जसको प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टिमले ऐतिहासिक एकदिवसीय मान्यता समेत प्राप्त गर्न सफल भएको थियो । निकै अनुभवी र लामो समय प्रशिक्षणमा बिताउदै आएका जगत टमटाले महिला टिमलाई हेर्छु भन्नु आफूहरुलाई भाग्यमानी महसुश भएको बताउदै हामीलाई बिश्वास गर्नु भएको छ अब हामिहरुलाई त्यो बिश्वासलाई यथार्थमा परिणत गर्नु छ ” उनले भनिन ।

यस्तै यहि बिषयमा उनले मुख्य कुरा एउटा राम्रो प्रशिक्षकबाट एउटा खेलाडीले के लिन सकिन्छ भनेर सबैले सोच्नु पर्यो उनको कथन रहेको थियो ।

यता आसन्न सागको तयारीलाई लिएर उनले मान्छेलाई देख्दा खेरि तयारीका लागि धेरै समय भएता हाम्रो लागि समय थोरै रहेको बताईंन । हामीलाई धेरै कुराको बिकाश गर्नुछ , उनीहरु भनेको टेस्ट मान्यता प्राप्त टिम हो त्यसैले यो एक महिना हामीलाई फिट बनाउँनै लाग्यो अबको महिना भने कसरी क्रिकेटलाई अगाडी बिकास गर्ने र अन्तिमतिर खेल खेल्न की बाहिर जाने या बाहिरको टिमलाई नेपाल ल्याएर खेलाउने भावी योजना रहेको कप्तान रुबिनाले अन्तर्वार्ताका क्रममा जानकारी गराईन ।

टिमले उच्चतम धयान खेल क्षमता , फिल्डिङ र फिटनेसमा ध्यान दिने भन्दै अहिले सम्म तयारी पनि राम्रो भएको बताइन । र अन्त्यतिर ” म एउटा कुरा गर्छु की महीला क्रिकेटलाई पनि पछ्याउनु होस् , धेरै यस्ता खेलाडीहरु छन जसले आफ्नो अमुल्य युवा उमेरलाई क्रिकेटमा लगाएका छन । त्यसैले खेलाडीहरुलाई सम्मान गरिदिनुहोस , तपाईहरुको हौसला र समर्थनले हामीहरुलाई पनि अझ हौसला प्राप्त हुन्छ ।

एउटा कुरा माथि पनि विश्वास राख्नुस त्यो विश्वासलाई खुशीमा प्ररिणत् गर्न हामीहरु दिनरात मैदानमा मेहनत गरिरहेका छौ । भन्ने उनको आग्रह समेत रहेको थियो ।

यता सागको लागि टिमले पनि अहिले निकै राम्रोसँग मेहनतका साथ् तयारीमा जुटिरहेको अबस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्