सान्त्वना जितको खोजीमा रहेको नेपालले दियो युएईलाई बिशाल विजयी लक्ष्य
भदौ २४ , अनलाइन खेलखबर || श्रीलंकामा जारी यु – १९ एसिया कपको अन्तिम खेलमा नेपालले युएईलाई २ say ८६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
प्रतियोगिताको समूह चरणबाट बाहिरिएका दुबै टिमलाई आज केबल प्रतिष्ठामात्र रहेको छ ।जसअन्तर्गत अहिले जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको छ ।
यसअघिका खेलमा नेपाली ओपनर ब्याट्सम्यानले ठोस सुरुवात दिलाएको भएता पनि आज दुबै ओपनरले खाता खोल्न सकेनन ।
टिमको स्कोर ८ रन हुँदा ३.५ ओभर भित्र नेपालले रित गौतम र पवन सरार्फलाई शून्य रनमा गुमाएको भएतापनि त्यसपछि मोहम्मद आशिफ शेख र कप्तान रोहित कुमार पौडेलले टिमलाई अगाडी बढाए ।
जसअन्तर्गत तेस्रो विकेटका लागि यी दुई बिच ७१ रनको साझेदारी हुन पुगेपछी टिम सम्हालिएको थियो ।
१८.२ ओभरमा टिमले आशिफ शेखलाई ४५ रनमा गुमायो । ५४ बलको सामना गरेका उनले ८ चौका प्रहार गरे ।
आशिफ आउट भएपछी रोहितलाई सन्दिप जोराले साथ दिए । रोहित र सन्दिपबीच भने ईनिङको सर्बाधिक ठूलो साझेदारी ८५ रनको साझेदारी हुन पुगेपछि टिम ठूलो योगफलतर्फ अग्रसर भएको थियो ।
तर टिमको स्कोर १ सय् ६४ रन हुँदा ३२.४ ओभरमा रोहित ब्यक्तिगत ६७ रनमा आउट हुन पुगे । सैयद हैदरको हातबाट क्याच आउट हुन पुगेका रोहितले ८३ बलमा ८ चौका र १ छ्क्काको मद्दतमा उनले उक्त पारी खेलेका थिए ।
यस्तै सन्दिप जोराले ४८ तथा कुशल मल्लले २२ रन बनाउदा अन्त्यतिर रासिद खानले ४४ तथा कमल सिँह एरिले ४१ रनको योगदान गरेपछी टिमले विशाल योगफल बनाउन सफल भयो ।
बलिङतर्फ युएईका सन्चित शर्मा र मोहम्मद अकाशा ताहिरले समान ३/३ विकेट लिएका थिए । यस्तै कार्तिकले २ तथा रिशब मुखर्जीले १ विकेट लिए ।
अब नेपालले दिएको २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउँदै युएईले अबको केहिबेरपछि जवाफी ब्याटिङ गर्नेछ ।
नेपाल यसअघि समुहको पहिलो खेलमा आयोजक श्रीलंकासँग ५ विकेट र बङलादेशसँग ६ विकेटले पराजित भएपछी नेपाल समूह चरणबाटै बाहिरिसकेको छ ।