वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को नयाँ मिति सार्बजनिक : प्रतियोगिता असोज अन्तिम साता हुने
भदौ २३, अनलाइन खेलखबर ।। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजनामा हुन गईरहेको वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी-२० लिग अब भने असोज २९ देखि कार्तिक ७ गतेसम्म हुनेभएको छ ।
आयोजक क्विन्स इभेन्टले आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ मिति सार्बजनिक गरेको छ ।
त्यसअघि प्रतियोगिता असोज ३ गतेदेखि ११ गते सम्म त्रिवि अन्तराष्टिय क्रिकेट मैदान किर्तिपुरमा हुने भनिएको थियो ।
यता प्रतियोगिताको लागि तयारी भईरहेको छ ।
प्रतियोगिताको खेलाडी छ्नोट बैशाखमै गरिएको थियो ।
काठमाण्डौ स्थित होटेल सांग्रिलामा भएको ड्राफ्ट मार्फत टिममा खेलाडी छनोट भएका थिए ।
जसबाट ५५ खेलाडी टिममा अनुबन्धित भएका छन । ड्राफ्टमा कुल १ सय ७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।
ड्राफ्टकामा खेलाडीहरू लाई डायमण्ड,रुबिज, सफायर, र वाइल्डकार्ड इन्ट्री गरी ४ श्रेणीमा विभाजन गरिएको थियो ।
जसमा पहिलो रहेको डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू रहेका थिए । भने दोस्रोमा रहेको रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडीहरु रहेका थिए भने तेस्रोमा रहेको सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी रहेका थिए ।
र अन्तिम श्रेणीरहेको वाइल्डकार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरु रहने छन । वाइल्डकार्ड इन्ट्रीमा २ जना खेलाडीहरुलाई प्रत्येक टिमले लिन सक्ने छन ।
प्रतियोगितामा कुल ५ टिमको सहभागिता रहने छ । जसमा पोखरा पल्टन , ललितपुर फाल्कोन्स, क्यापिटल्स रोयल्स काठमाडौं, विराटनगर टाइन्टस र चितवन राइनोज रहेका छन ।
अब हेर्नुहोस् ड्राफ्ट मार्फत छनोट भएका खेलाडीहरुको नामवली पनि –
विराटनगर टाइटन्स
मार्की खेलाडी -सरिता मगर
ज्योति पाण्डे – ५० हजार
सोनु खड्का – ७५ हजार
डोली भट्ट – ५० हजार
लमी चौधरी – ५० हजार
आरती बिडारी – ७५ हजार
सबनम राई – ५० हजार
कृतिका मराशैनी – २५ हजार
सर्मिला रोका मगर – २५ हजार
प्रतिक्षा बस्याल -५० हजार
कृष्णा गुरुङ – २५ हजार
अस्मिना कर्माचार्य -२५ हजार
पोखरा पल्टन
मार्की खेलाडी -सिता राना मगर
कविता कुँवर – ७५ हजार
अन्जली चन्द – ५० हजार
रुबिना पादोर- २५ हजार
बिन्दु रावल – ७५ हजार
अनुराधा चौधरी -५० हजार
रेवती धामी -२५ हजार
सरस्वती घर्ति मगर – २५ हजार
नबिना खड्का -२५ हजार
निशा भट्ट -२५ हजार
मन्जु कुमारी बोगटी – २५ हजार
राजमती ऐरी -२५ हजार
क्यापिटल रोयल्स काठमाडौँ
मार्की खेलाडी -रुबिना क्षेत्रि
अप्सरी वेगम – ७५ हजार
रोमा थापा – ७५ हजार
सुमन विष्ट -२५ हजार
संगीता राई-५० हजार
सरस्वती चौधरी – ५० हजार
नितु भण्डारी – २५ हजार
ममता थापा – ५० हजार
लक्ष्मी साउद -२५ हजार
ममता राना – २५ हजार
इश्वरी विष्ट -२५ हजार
चितवन राइनोज
मार्की खेलाडी – इन्दु बर्मा
काजोल श्रेष्ठ – ७५ हजार
ऋतु कजौनिया – २५ हजार
रेखा रावल -५० हजार
सरस्वती पुन – २५ हजार
प्यारी चौधरी – २५ हजार
कन्चन श्रेष्ठ – २५ हजार
सन्तोषी कुमारी चौधरी – ५० हजार
सन्जु लामा – २५ हजार
सावित्रा जिसी – २५ हजार
अश्मिता खरेल -२५ हजार
सुमन खतिवडा -२५ हजार
ललितपुर फाल्कोन्स
मार्की खेलाडी -नेरी थापा
ममता चौधरी – ७५ हजार
करुणा भण्डारी – ७५ हजार
कविता जोशी – २५ हजार
सरिता मगर – ५० हजार
कृति सेन -२५ हजार
रोशनी बोहरा – ५० हजार
शान्ति कुमारी चौधरी – २५ हजार
सम्झना खड्का -२५ हजार
अलिशा केसी – २५ हजार
सिमा थापा- २५ हजार
गीता गोशाई – २५ हजार