क्यारेबियन लिगमा सन्दिपको टिम पहिलो खेलमै पराजित

क्यारेबियन लिगमा सन्दिपको टिम पहिलो खेलमै पराजित

भदौ २३ , अनलाइन खेलखबर || वेस्ट ईण्डिजको क्रिकेट लिग क्यारेबियन क्रिकेट लिग ( सिपिएल ) को आफ्नो पहिलो खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम र्बाबाडोस ट्रिडेन्स गुयना एमेजोनसँग ४७ रनले पराजित हुन पुगेको छ ।

आज सोमबार बिहान प्रतियोगिताको छठौ खेलमा गुयनाले प्रस्तुत गरेको १ सय ८१ रनको ठुलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको सन्दिपको टिम र्बाबाडोस ट्रिडेन्सले निकै खराब ब्याटिङ प्रस्तुत गर्ने क्रममा १६.४ ओभरमा अलआउट हुँदै १ सय ३३ रनमा सिमित हुन् पुग्दा नतिजा गुयनाले आफ्नो पक्षमा पार्न सफल भयो ।

र्बाबाडोसका लागि एशले नर्सले सर्बाधिक ४० रनको पारी खेल्दा जीन-पॉल डुमिनीले २० तथा जोसन चार्ल्सले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न असफल भएपछी टिम पहिलो खेलमै निराश हुन् पुगेको छ ।

र्बाबाडोसको ब्याटिङ ध्वस्त पार्ने क्रममा गुयनाका रोमारियो शेफर्डले एक्लैले ४ विकेट चट्काए भने शादाब खानले २ तथा चन्द्रपौल हेमराज, कीमो पल र कप्तान सोयब मलिकले समान १/१ विकेट हात पारे ।

त्यसअघि प्रोविडेन्स रङ्गशाला गूयनामा भएको खेलमा
टस हारेर पहिले ब्याटिङ गरेको गुयनाले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ४ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो ।

गुयनालाई ठुलो स्कोरतर्फ पुर्याउन चन्द्रपाल हेमराजले सर्बाधिक ६३ रनको योगदान गरे । ५५ बलको सामना गरेका उनले ६ चौका र ३ छक्काको मद्दतमा उक्त स्कोर बनाउन सफल भएका थिए । यस्तै टिमका लागि निकोलोस पुरनले पनिअविजित रहदै ६१ रनको पारी खेल्दै महत्वपूर्ण योगदान गरे भने शेर्फेन रदरफोर्डले अविजित रहदै २३ रन जोडन सफल भए ।

बलिङतर्फ र्बाबाडोस ट्रिडेन्सका रोशन प्राइमसले २ तथा कप्तान जोसन होल्डर र रेमन राइफरले समान १/१ विकेट हात पार्दा नेपालका सन्दिप लामिछानेले भने ईनिङमा मात्र १ ओभर बलिङ गर्दै ५ रन खर्चिए ।

अब र्बाबाडोसले सेप्टेबर १२ तारिखमा सेन्ट किट्स र नेभिस पैट्रियट्ससँग प्रतिष्पर्दा गर्नेछ । खेल नेपाली समय अनुसार बिहान पौने ४ बजेपछि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *