टेष्ट राष्ट बंगलादेशलाई नेपालले दियो ठुलो विजयी चुनौती
भदौ २२ , अनलाइन खेलखबर || श्रीलंकामा जारी यु -१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले टेस्ट राष्ट बंगलादेशको सामना अहिले गरिरहेको छ ।
श्रीलंकास्थित पी सारा क्रिकेट मैदानमा जारी खेलमा बंगलादेश ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ६१ रन बनाएन सफल भएको छ ।
ओपनरद्रय रित गौतम र पवन सरार्फले नेपाललाई सुरुवातीअबस्था देखिनै राम्रो सुरुवात दिलाउने क्रममा ओपनिङ साझेदारी ४५ रनको हुन पुगेको थियो ।
पहिलो विकेटका रुपमा पभेलियन फर्किएका रितले ५३ बलको सामाना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३२ रन बनाएका थिए । रित पछी भने आशिफ शेखलाई भने टिमले सस्तैमा गुमायो उनले मात्र ३ रन बनाए । त्यसपछी भने नेपालले अर्को राम्रो साझेदारी गर्दै टिमलाई सम्हान महत्वपूर्ण भूमिका निर्बाह गर्यो ।
पवन र कुशल मल्लले टिमका लागि तेस्रो विकेटका रुपमा ३९ रनको साझेदारी गरेका थिए ।
२६.५ ओभरमा ३२ बलको सामना गर्दै १ चौका र ३ छक्काको मद्दतमा २८ रन बनाएका कुशल मल्ल तावहिद हैदरिको बलमा मोहम्मद शाहिन आलोमको हातबाट क्याच हुन पुगे ।
कुशल मल्ल आउट भएपछी पवनलाई साथ् दिन कप्तान रोहित कुमार पौडेल मैदान प्रवेश गरे । र उनले कप्तानी भूमिका निर्बाह गर्ने क्रममा राम्रो लयमा ब्याटिङ गरिरहेका पवनलाई राम्रो साथ दिए |
राम्रो साथ दिने क्रममा यो जोडीबीच ६६ रनको महत्वपूर्ण साझेदारी हुन पुग्दा टिम सम्मानजनक स्कोरतर्फ अग्रसर भएको थियो ।
रोहितले २६ बलमा १४ रनको योगदान गर्दा खेलका नायक पवन सरार्फले सर्बाधिक ठुलो स्कोर बनाउने क्रममा ८१ रनको योगदान गरे ।
१११ बलको समाना गरेका पवनले ८ चौका र १ छक्काको मद्दतमा उक्त पारी खेल्न सफल भए |पाँचौ विकेटमा क्याच आउटका रुपमा पभेलियन फर्किएका उनले टिमको पारी उकास्न निकै उत्कृष्ट ब्याटिङ गरे ।
यस्तै टिमका लागि सन्दिप जोराले पनि अर्धसतकिय ५६ तथा भिम सार्कीले २१ रनको योगदान गरेपछि टेस्ट राष्ट बंगलादेशमाथि नेपालले ठुलो योगफल खडा गर्न सफल भयो ।
बलिङतर्फ बंगलादेशका मोहम्मद तान्जिम हसन र मोहम्मद शाहिन आलोमले समान २/२ तथा मोहम्मद हैदर्री , मिनहुजुर रहमान , रकिबुल हसन र मोहमम्द मितुंनजोयले समान १/१ विकेट हात पारे ।
अब नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याउदै बंगलादेशले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।