नेपालको ५० रन पूरा
भदौ २२ , अनलाइन खेलखबर || श्रीलंकामा जारी यु -१९ एसिया कपको दोस्रो खेलमा नेपालले अहिले बंगलादेशको सामाना गरिरहेको छ ।
श्रीलंकामा स्थित पी सारा क्रिकेट मैदानमा जारी खेलमा नेपालले अहिले टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले अहिले ५० रन पूरा गरिसकेको छ ।
जस अन्तर्गत नेपालले १६.४ ओभरमा मात्र १ विकेट गुमाएर उक्त स्कोर खडा गरिसकेको अबस्था छ । नेपालका लागि ओपनर ब्याट्सम्यान रित गौतमले ३२ रनको योगदान गर्दै पभेलियन फर्किसकेका छन ।
अहिले मैदानमा पवन सरार्फ र मोहम्मद आशिफ शेखले ब्याटिङ गरिरहेका छन ।
यता दोस्रो चरण अर्थात सेमिफाइनल पुग्ने हो भने आज नेपालले बङ्लादेशलाई जसरी पनि हराउनु पर्ने अबस्था छ ।
पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएसँगै नेपाललाई दबाब सिर्जना भएको हो ।
सेमिफाइनल पुग्ने लक्ष्यसहित श्रीलंका पुगेको टोलीलाई आज गर या मरको स्थितिमा रहेको छ । यदि आजको खेलमा नेपाल पराजित भएको खण्डमा नेपाल एक खेल अगाडी समूह चरणबाट बाहिरिने छ ।