onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेमिफाइनल पुग्न नेपाललाई बङलादेशलाई हराउँनै पर्ने दबाब

भदौ २२ , अनलाइन खेलखबर || श्रीलंकामा जारी अन्डर नाईन्टिन एसिया कपको दोस्रो खेलमा नेपालले आज टेस्ट राष्ट बङ्लादेशको सामना गर्दैछ ।

दोस्रो चरण अर्थात सेमिफाइनल पुग्ने हो भने आज नेपालले बङ्लादेशलाई जसरी पनि हराउनु पर्ने अबस्था छ ।

पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएसँगै नेपाललाई दबाब सिर्जना भएको हो ।

सेमिफाइनल पुग्ने लक्ष्यसहित श्रीलंका पुगेको टोलीलाई आज गर या मरको स्थितिमा रहेको छ । यदि आजको खेलमा नेपाल पराजित भएको खण्डमा नेपाल एक खेल अगाडी समूह चरणबाट बाहिरिने छ ।

बङ्लादेशविरुद्धको खेल नेपाली समय अनुसार बिहान सवाँ १० बजे पछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्