एसिया कपमा नेपालले भोलि आयोजक श्रीलंकाको सामना गर्दै

एसिया कपमा नेपालले भोलि आयोजक श्रीलंकाको सामना गर्दै

भदौ १९ , अनलाइन खेलखबर || श्रीलंकामा आज बिहिवारबाट सुरु भएको अन्डर नाईन्टीन एसिया कपको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकाको सामाना गर्नेछ ।

समूह “बि ” मा रहेको नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार बिहान सवा १० बजेपछी सुरु हुनेछ ।

टेस्ट राष्टलाई पराजित गर्दै सेमिफाइनल सम्म पुग्ने नेपालको लक्ष्यलाई सार्थकता दिन भोलीको खेल नेपाललाई निकै महत्त्वपूर्ण रहने छ ।

तुलनात्मक रुपमा नेपालमाथी हाबी श्रीलंका पक्कै हुने देखिन्छ तर नेपालले विगतमा ठुला र बलिया भनिएका टिमलाई पनि हराउँदै आएको हुँदा सम्भावना रह्न्छ् ।

नेपाल अहिले राम्रो टिम सन्तुलनमा रहेको छ । राष्ट्रिय टिमका पनि खेलिसकेका खेलाडी र उमेर समूहमा राम्रो गर्दै आएका खेलाडीहरु पनि हुनु अनुभवका हिसावले पनि टिम् सकारात्मक बनोबलमा रहेको छ ।

त्यसैले भोलीको खेलमा पनि नेपालले आफ्नो प्राकृतिक शैलिमा प्रस्तुत हुँदै सकारात्मक खेल खेल्ने अपेक्षा गरिएको छ ।

कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितालाई २ समूहमा बिभाजन गरि प्रतियोगिता सन्चालन गरिएको छ ।

समूह चरणमा प्रत्येक टिमले एक अर्कासँग एक खेल खेलिसकेपछी समूहको विजेता र उप – विजेता सेमिफाइनल पुग्नेछ्न ।

श्रीलंका , बङ्लादेश र युएईसहितको समूहमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बङलादेशको सामना गर्नेछ । भने समूहको अन्तिम खेलमा नेपालले भदौ २४ गते युएईसँग भिड्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *