onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कुबेत भारतसँग पराजित

भदौ १९ , अनलाइन खेलखबर || आज देखि श्रीलंकामा सुरु भएको यु -१९ एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ ।
समूह ”ए ‘ मा रहेको भारतले कुबेतलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको छ ।

श्रीलंकास्थित सीसीसी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २३ ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

कुबेतका लागि मित भाभरले सर्बाधिक २८ तथा गोकुल सुनिल कुमारले २५ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिमलेले उक्त सम्मानजनक स्कोर बनाएको थियो ।

बलिङतर्फ भारतका आकाश र पुर्नाक त्यागिले समान ३/३ तथा बिधाधर पाटिलले १ विकेट हात पारे ।

त्यसपछी कुबेतले प्रस्तुत गरेको १ सय ११ रनको विजयी चुनौतीलाई भारतले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो ।

भारतको जितमा अर्जुन आजाद एक्लैले अर्धशतकीय ५८ रनको योगदान गरे । अविजित रहेका उनले ६० बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतमा उक्त स्कोर बनाउँन सफल भए ।

यस्तै टिमका लागि नेहालले १८ रन , घुर्ब चन्दले १२ रन र सुबेद पार्करले १४ रनको योगदान गरेका थिए ।

जवाफी ब्याटिङ गरेको पाकिस्तान अफगानिस्तानको कसिलो बलिङ सामु निरिह साबित हुँदा १९.४ ओभरमा सबै विकेट गुमाएर मात्र ७८ रनमा सिमित हुन पुगेपछि नतिजा साबिकको विजेता समेत रहेको अफगानिस्तानले आफ्नो पक्षमा पार्न सफल भयो ।

बलिङतर्फ कुबेतका अब्दुल सादिक , फिईज अहमद र मोहम्मद अमिरले समान १/१ विकेट हात पारे ।

अब प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार नेपालले आयोजक श्रीलंकाको सामना गर्नेछ भने बंगलादेशले युएईको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्