एसिया कपमा अफगानिस्तानको विजयी सुरुवात
भदौ १९ , अनलाइन खेलखबर || आज देखि श्रीलंकामा सुरु भएको यु -१९ एसिया कपमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ ।
समूह ”ए ‘ मा रहेको अफगानिस्तानले पाकिस्तानलाई डिएल मेथलमार्फत ८४ रनले पराजित गरेको हो ।
श्रीलंकास्थित पी सारा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभरमा छोटाईएको खेलमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
अफगानिस्तानका लागि सेदिक्युला अतुलले सर्बाधिक २९ तथा फरहँन जाखैलले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिमले ठिक ठाकको स्कोर बनाएको थियो ।
बलिङतर्फ पाकिस्तानका फहाद मुनिर र आमिर अलिले समान ३/३ विकेट हात पार्दा मोहम्मद अब्बास अफ्रीदिले २ र नसिम शाहले १ विकेट हात पारेका थिए ।
त्यसपछी जवाफी ब्याटिङ गरेको पाकिस्तान अफगानिस्तानको कसिलो बलिङ सामु निरिह साबित हुँदा १९.४ ओभरमा सबै विकेट गुमाएर मात्र ७८ रनमा सिमित हुन पुगेपछि नतिजा साबिकको विजेता समेत रहेको अफगानिस्तानले आफ्नो पक्षमा पार्न सफल भयो ।
पाकिस्तानका मोहम्मद ईर्फान खानले १९ तथा नाजिरले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम पहिलो खेलमा लज्जापद हार व्यहोर्न बाध्य भयो ।
निकै राम्रो बलिङ गर्ने क्रममा अफगानिस्तानका सफीक्युला गफारिले सर्बाधिक ३ तथा अब्दुला , फजलहक फारुकी र नुर अहमदले समान २/२ विकेट लिन सफल भएका थिए भने जम्सादको नाममा पनि १ विकेट रहेको थियो ।
अब प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार नेपालले आयोजक श्रीलंकाको सामना गर्नेछ भने बंगलादेशले युएईको सामना गर्नेछ ।