खेलाडीलाई हौसला प्रदान गर्न सदस्य सचीव पुगे टियु क्रीकेट मैदान
भदौ १७ , अनलाइन खेलखबर || नेपाली क्रीकेट टिमलाई हौसला प्रदान गर्न नेपाल खेलकुद परिषद ( राखेप ) का सदस्य सचीव रमेश सिलवाल आज मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर पुगेका थिए ।
आउँदो मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) तथा ओमान भ्रमणको तयारीमा जुटिरहेको नेपाली क्रीकेट टिमलाई हैसला प्रदान गर्न र बस्तुस्थिती बुझ्नका लागि सदस्य सचीव टियु पुगेका हुन ।
टियुमा केही समय खेलाडी तथा प्रशिक्षकसँग भलाकुसारी गरेका उनले खेलाडीलाई राम्रो गर्न प्रेरणा तथा सुभकामना समेत दिएका थिए ।
यता टिमले आज देखि बन्द प्रशिक्षण अन्तर्गत अभ्यास खेल खेलेको थियो । त्यसअघि टिमले फिटनेस जिम सेशन गरेको थियो ।
बन्द प्रशिक्षणमा यु – १९ का सदस्य र सन्दिप लामिछानेले सहभागी जनाएका छैनन ।
३५ सदस्यीय प्रारम्भिक टिममा कप्तान पारस खड्का सहित ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया , प्रदिप ऐरि , सुनिल धमला, सौरभ खनाल, ललित सिंह भण्डारी, बिक्रम सोब, इशान पाण्डे , करन केसी, आसिफ शेख, बिनोद भण्डारी रहेका छ्न ।
यस्तै सन्दिप जोरा , कुशल मल्ल , रित गौतम , पवन सर्राफ , अमित श्रेष्ठ, किशोर महतो , आरिफ शेख , सुशन भारि, अनित शाह , अविनाश बोहरा , सन्दिप लामिछाने , ललित राजबंशी , नन्दन यादब , रोहित पौडेल, भिम शार्की , कुशल भुर्तेल, दिपेन्द्र ऐरि , सोमपाल कामि, सागर ढकाल र शाहब आलम रहेका छ्न ।
साग अघि नेपालले ओमानमा असोज १८ देखि २३ सम्म हुने टि – ट्वान्टी प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ ।
५ राष्टको सहभागिता रहने उक्त प्रतियोगितामा ओमान र नेपालसहित हङकङ , आयरल्याण्ड र नेदरल्यान्डले सहभागी जनाउने छ्न ।