onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सिपिएलका लागि सन्दिप वेस्ट ईन्डिज प्रस्थान

भदौ १७ , अनलाइन खेलखबर || सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म सन्चालनमा आउने वेस्ट ईन्डिजको क्रीकेट लिग क्यारेबियन क्रीकेट लिग ( सिपिएल ) मा सहभागी जनाउन नेपाली क्रीकेटर सन्दिप लामिछाने त्यसतर्फ प्रस्थान गरेका छ्न ।

यसपटक बारबाडोस ट्रिडेंट्समा अनुबन्धित भएका उनलाई अनुबन्धित भए वाफत् करिव ७० हजार अमेरिकन डलर प्राप्त गर्ने भएका छ्न ।

प्रस्थान गर्नुअघिको सन्दिपको टुईट ।

त्यसअघि अघिल्लो सस्करणमा सन्दिप क्रिस गेलको कप्तानीमा रहेको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । उनलाई टिमले ५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो । जसवाट उनले ५ खेल खेल्दै ७ विकेट लिन सफल भएका थिए ।

यसपटक सन्दिपको टिम बारबाडोस ट्रिडेंट्समा एलेक्स हेल्स, जेसन होल्डर, वहाब रियाज़, जॉन्सन चार्ल्स जस्ता खेलाडीहरु आबद्द भएका छन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *