यु -१९ एसिया कप : नेपाल कमजोर टिम होईन है….
शलमान शाह (अनलाइन खेलखबर )|| ईतिहास साची छ उमेर समूहमा नेपाललाई कमजोर टिमका रुपमा लिने गरिदैन ।
क्रिकेटको भबिस्यका रुपमा लिने गरिने उमेर समूहमा नेपालले निकै राम्रो गर्दै आएको हामि सबैलाई थाहा भएकै कुरा हो । विभिन्न समयमा नेपालले अन्डर नाईण्टिन विश्वकप खेलिसकेको छ ।
जसमा नेपालले आफुलाई राम्रो सँग प्रस्तुत गर्ने क्रममा राम्रो प्रदर्शन समेत गरेको छ । तर पछिल्ला २ विश्वकपमा टाढा रहेको नेपाल अहिले मिनी विश्वकपको रुपमा चित्रण गर्न सकिने एसिया कपमा सहभागिता जनाउदै छ ।
भदौ १९ देखि २८ गतेसम्म श्रीलंकामा हुन गईरहेको एसिया कपमा नेपालले आफ्नो पूरानो शाखलाई जिवन्त राख्न कोशिशका साथ् मैदानमा उत्रिने छ ।
७ पटक विश्वकप खेलिसकेको नेपालले एसियाकपमा पनि पहिलो सस्करण बाहेक अन्य सबै सस्करणमा सहभागी जनाउदै आएको छ ।
सिमियर टिमले टेष्ट राष्टसँग खेल्न बिरलै पाउने भएता पनि उमेर समूह अझ यु -१९ मा नेपालले बलिया मानिने टेस्ट राष्टसँग प्रतिश्पर्दा गर्दै आएको लामो समय भईसकेको छ ।
हालसम्म नेपालले टेस्ट मान्यता प्राप्त भारत , बंगलादेश ,पाकिस्तान , जिम्बाबे लगायतलाई पराजित गरिसकेको अबस्था छ ।
पछिल्लो समय नेपालले सन् २०१७ मलेसियामा भएको एसिया कपमा नेपालले समूह चरणमा ४ पटकको यु -१९ विश्व च्याम्पियन भारतमाथि शनशनिपूर्ण तरिकाले पराजित गर्ने क्रममा भारतलाई १९ रनले पराजित गर्दै पहिलो पटक सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो ।
मलेसियाको वायुमास ओभल क्रिकेटमैदानमा भएको खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ८५ रनको योगफल खडा गरेको थियो | जसमा नेपालका कप्तान दिपेन्द्र सिहं एरिले सर्बाधिक ८८ रनको योगदान गरेका थिए ।
नेपालले मध्यम लक्ष्य प्रस्तुत गरेपछी सबैलाई लागेको थियो भारतले नेपाललाई सजिलै हराउछ भनेर तर त्यसो भएन नेपालि बलरसामु भारतले घुडा टेक्न बाध्य भयो ।
यसरी भारतलाई नेपालले क्रिकेटमा जितेको पहिलो पटक थियो र त्यो नोभेम्बर १२ ,२०१७ तारिख नेपाली क्रिकेटका लागि एतिहासिक दिन समेत बनेको थियो ।
भारतलाई पराजित गरेपछि नेपाली युवा क्रिकेट टिमको चर्चा विश्व क्रिकेटमा हुन पुगेको थियो । भारतलाई पराजित् गरेसंगै नेपाल प्रतियोगिताको सेमीफाइनल सम्मको यात्रा तय गरेको थियो । जुन युवा क्रिकेट टिमको हालसम्मकै उत्कृष्ट सफलता मध्यको एक समेत हो । सेमीफाइनलमा भने नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित हुँन पुगेको थियो ।
र अहिलेपनि नेपालले टेस्ट राष्टलाई हराउदै सेमीफाइनल यात्रा तय गर्ने लक्ष्यका साथ् श्रीलंका पुगिसकेको छ । लक्ष्य सेमीफाइनलसम्मको भएता पनि नेपालको तयारि भने त्यति सोचे अनुरुप हुन नसकेपनी टिमको आत्मबल भने उच्च रहेको छ ।
दुई समूह बिभाजन गरि खेलाईने प्रतियोगितामा नेपाल समूह “बी ” मा रहेको छ जसमा आयोजक श्रीलंका सहित बंगलादेश र कुबेत रहेको छ ।
अर्को समूहमा भारत , पाकिस्तान , अफगानिस्तान र कुबेत रहेका छन । यसरी हेर्दा नेपाललाई समुह चरणमा केहि सहज देखिएता पनि टेस्ट राष्ट भनेको टेस्ट राष्टनै हुन्छ उनीहरुमा अनुभवको कमि हुँदैन तर नेपालले पनि सकारात्मक रुपमा लिदै आफ्नो लयमा खेल पस्किन सक्यो भने टेस्ट राष्टमाथि जित निकाल्न भने सक्छ त्यो कुरा विगतका नजिरले पुष्टीगरिसकेको अबस्था छ ।
सन् २०२० को दक्षिण अफ्रिका बिव्श्वकप् गुमाएर पिडा महसुश गरिरहेको नेपाललाई यो एसिया कपले राहत दिने प्रतियोगिताको रुपमा चित्रण समेत गरिरहेको छ | खेलाडीहरुले पनि त्यसलाई सोहि अनुसार लिएका छन ।
बैशागमा विश्वकप खेल्ने लक्ष्य सहित विश्वकप छनोट खेल्न मलेसिया पुगेको नेपाल निराश हुदै घर फर्किन बाध्य भएको थियो । मलेसियामा नेपालले आफ्नो दाबेदारीलाई प्रस्तुत गर्ने क्रममा निकै राम्रो प्रदशन गरेको भएपनि दुर्भाग्यपूर्ण नेपालको राम्रो खेल्दाखेल्दै पनि एक युएईबिरुद्दको खेल जुन डिएल मेथडमार्फत नेपाल १ रनले पराजित हुँन पुगेको थियो । सोहीखेलनै नेपाललाई विश्वकपबाट रोक्न बाध्य भयो । अन्तत युएईनै छनोट हुन पुगेको थियो ।
सोहि कारण नेपाल विश्वकपमा लगातार दोस्रो पटक सहभागिता जनाउनबाट चुक्यो र विश्वकप गुमाएको टोलीलाई राहत स्वरूप असार महिनामा मलेसियामा भएको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल श्रीलंकामा हुँन गईरहेको यस सस्करणको एसिया कपको लागि छ्नोट भएको हो ।
त्यसैले नेपाललाई आफ्नो लयलाई प्रमाणित गर्न पनि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ । टिमबाट आम समर्थकले ठुलो आश नराखेपनि नेपालले राम्रो गर्न सक्छ भन्नेमा भने पूर्ण विश्वास रहेको छ ।
युवा क्रिकेट टिमले लामो समयदेखि मन जित्दै आएको हुँदा यसपटक पनि त्यो दोरिने धेरैले आकलन समेत् गरेका छन । टिम पनि अहिले सन्तुलित रहेको छ । बिशेषत ब्याटिङ र फिल्डिङ पक्षमा नेपाल बलियो देखिएको छ । त्यसैले बिगतका नेपालको नतिजा परिणाम हेर्दा नेपाल पक्कै कमजोर टिम होईन भन्ने धेरै आधारहरु रहेका छन ।
विपक्षीहरु पनि नेपाललाई हल्का रुपमा नहेर्ने बताईसकेका छन । त्यो नेपालको विगतका नतिजाले गर्दा हो । ठुला भनीएका टिमलाई बेला बखत टिमले हराउदै आएको हुँदा नेपाललाई अरु एसोसियट राष्टका भन्दा धेरै माथिल्लो स्तरको टिमका रुपमा विशेषत टेस्ट राष्टले लिने गरेको पाईन्छ ।
टेष्ट राष्टसँग खेल्दा नेपाललाई कुनै दबाब हुँदैन । नेपाल हारेपनि टेस्ट राष्टसँग हारेको भन्ने उमुक्ति पाउदा बिपक्षीलाई भने दबाब सिर्जना हुनेगर्छ । यदि नेपालसँग पराजित भएमा भन्ने उनीहरुमा मनोबैज्ञानिक असर लामो समयसम्म हुने गरेको हामिहरुले पाएका छौ । सोहि कारण खेल्नु भन्दा अघि नेपालले भन्दा ठुला भनिएका टिमले नेपालका बारेमा राम्रोसँग रणनीति तयारगर्नमा लागि पर्छन ।
यसले पनि प्रमाणित गर्छ नेपाल कमजोर टिम होईन बेलाबखत सबैको होस् चेत खेलिदिन् टिम सदैभ तयार भएर बसेको हुन्छ सोहि कुरा दोर्राउन यसपटक पनि नेपालले लागिपरेको छ ।
नेपालले यस एसिया कपको यात्राको सुरुवात भदौ २० गते पहिलो खेल घरेलु टिम श्रीलंकासँग खेल्दै गर्नेछ । त्यसपछी दोस्रो खेलमा नेपालले भदौ २२ गते बङलादेशको सामना गर्नेछ । भने समूहको अन्तिम खेलमा नेपालले युएईको सामाना गर्नेछ । खेल भदौ २४ गते हुनेछ ।
समूह चरणबाट समूह विजेता र उप -विजेताले प्रतियोगिताको सेमीफाइनल पुग्नेछन र नेपाल दोस्रोपटक सेमीफाइनल पुग्ने सोचमा रहेको छ । अब हेर्न बाकि रहेको नेपालले कस्तो खेल्नेछ …..