onlinekhelkhabar.com

Complete website for Nepali Sports News

उप कप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुने टी -ट्वान्टी सिरिज नखेल्ने

भदौ १७ , अनलाइन खेलखबर || नेपाली राष्टिय क्रिकेट टिमका उप -कप्तान ज्ञानेन्द्र मल्लले असोज १८ देखि २३ सम्म ओमानमा हुने टि-ट्वान्टी प्रतियोगिता नखेल्ने भएका छन |

नेपाली टिमका मिडिया ब्यबस्थापक सुरज शाक्यका अनुसार मल्लको व्यक्तिगत कारणले गर्दा उनि प्रतियोगितामा सहभागिता जनाउने छैनन् | यता नेपाली टोली भने प्रतियोगिताको तयारीमा जुटिरहेको छ ।

प्रतियोगितामा आयोजक ओमान सहित नेपाल , आयरल्याण्ड , हङकङ र नेदरल्यान्डको सहभागिता जनाउँदै छ्न ।

यस प्रतियोगितालाई आसन्न अक्टोबर ११ देखि युएईमा हुँन गईरहेको टि – ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरका लागि तयारीको रुपमा लिएको छ ।
जसमा नेपालवाहेक अन्य ४ टिमले सहभागिता जनाउँदै छ्न ।

नेपालले असोज १९ गते हङकङविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालको दोस्रो खेल असोज २० गते नेदरल्यान्ड सँग रहेको छ ।
तेस्रो खेलमा नेपालले टेस्ट राष्ट मान्यता प्राप्त आयरल्याण्डसँग असोज २२ गते प्रतिष्पर्दा गर्नेछ भने अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग असोज २३ गते सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्