प्रदेश २ को प्रादेशिक क्रीकेटको नयाँ कार्यसमिति चयन : अध्यक्षमा हिरा भगत निवार्चित
भदौ १४ , अनलाइन खेलखबर ||आईसीसीको निलम्बन फुकुवाको प्रक्रियामा रहेको नेपाल क्रीकेट संघको तेस्रो संसोधित विधान २०७४ अनुसार अन्तर्राष्ट्रिय क्रीकेट परिषद् ( आईसीसी ) को स्वतन्त्र टोली मनिटरिङ समितिको प्रस्तावना अनुसार प्रदेश २ को नयाँ कार्यसमिति चयन भएको छ ।
आज शनिबार भएको बिषेश साधारणसभामार्फत ८ जिल्लाका क्रिकेट संघको प्रतिनिधिको उपस्थितिमा नयाँ कार्यसमितिको चयन गरिएको थियो ।
जसमा पर्सा , सप्तरी , घनुषा , महोत्तरी , रौतहट , सिरहा , सर्लाही र बारा जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
जसअनुसार १३ सदस्यीय नयाँ कार्यसमितिको अध्यक्षमा हिरा भगत चयन भएका छ्न । भने उपाध्यक्षमा सुनिल महासेठ चुनिएका छ्न । यस्तै सचिवमा आयुश श्रेष्ठ र कोषाध्यक्षमा पवन शाह रहेका छ्न ।
यस्तै सदस्यहरुमा निरज कार्की सतिश सिँह ,रोशन सिँह , अनिल शर्मा , आकाश पाण्डे , सुनिल शाह , डा. हरि सङखर शाह , मुर्तजा हवारी र सुबाश जैसवाल रहेका छ्न ।
यसअघि सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं १ र प्रदेश ५ तथा कर्णाली प्रदेशको सयुक्त कार्यसमिति चयन भईसकेको अबस्था छ ।
अब प्रदेश ३ को मात्र को हुन बाकी रहेको छ ।
सबै प्रदेशको समाप्त पश्चात् असोजमा नेपाल क्रीकेट संघको कार्यसमिति गठन हुने कार्यक्रम रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) नयाँ कार्यसमिति गठन भएपछि लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल( आईसीसी ) ले नेपाल क्रिकेट माथि लगाउदै आएको निलम्बन हट्ने विश्वास समेत गरिएको छ ।