onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

तेस्रो अभ्यासमा नेपाल फराकिलो अन्तरले पराजित

भदौ १३ , अनलाइन खेलखबर || श्रीलंकामा अबको केही दिनपछि हुँन गईरहेको यु – १९ एसिया कपको अन्तिम तयारी अन्तर्गत तेस्रो अभ्यास खेलमा नेपाली टोली स्थानीय टिम चिलाव मारियन्ससँग ८९ रनले पराजित हुन पुगेको छ ।

शुक्रबार भएको खेलमा २ सय २५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ३५ रनमा मात्र सिमित हुँन पुगेपछी नेपाल पराजित हुन पुग्यो ।

निकै खराब ब्याटिङ गर्ने क्रममा नेपालको लागि विकेटकीपर ब्याट्सम्यान आशिफ शेखले सर्वाधिक ४५ रनको योगदान गर्दा भिम सार्कीले २६ रनको योगदान गरेका थिए ।

यी बाहेक अन्य खेलाडीले खेलमा उल्लेख्य योगदान गर्न नसक्दा टिम निराश हुन पुग्यो ।

त्यस अघि खेलमा ट्स जितेर नेपालले स्थानीय टिम मारियन्सलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसअनुरुप मारियन्सले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय २४ रन बनाउन सफल भएको थियो ।

बलिङतर्फ पवन सरार्फ र सुर्य तामाङले समान २/२ विकेट हात पारेका थिए । यस्तै सागर ढकाल,कमलसिंह ऐरी,राशिद खानले पनि १/१ विकेट लिन सफल भएका थिए ।

नेपाल पहिलो अभ्यास खेलमा एसएससीसँग ३ विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा नेपालले बादुरेलिया सीसीलाई ८० रनले पराजित गरेको थियो ।

सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुने एसिया कपमाको समूह “ बि ” मा रहेको नेपालसँगै श्रीलंका , बङ्लादेश र युएई रहेका छ्न । भने अर्को समूह “ए ” मा भारत , पाकिस्तान , अफगानिस्तान र कुबेत रहेका छ्न ।

समूह चरणबाट प्रत्येक टिमसँग १/१ खेल खेलिसकेपछी समुहको विजेता र उप – विजेताले सेमिफाइनलको यात्रा तय गर्नेछ्न ।
यता नेपालले सेप्टेम्बर ६ तारिखमा पहिलो खेल घरेलु टिम श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

दोस्रो खेलमा नेपालले सेप्टेम्बर ८ तारिखमा बङलादेशको सामना गर्नेछ । भने समूहको अन्तिम खेलमा नेपालले युएईको सामाना गर्नेछ । खेल सेप्टेम्बर १० तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्