भदौ १७ देखी लमहीमा देउखुरी र सुर्खेतबीच एकदिवसीय सिरिज हुँदै

भदौ १७ देखी लमहीमा देउखुरी र सुर्खेतबीच एकदिवसीय सिरिज हुँदै

भदौ १२ , अनलाइन खेलखबर || दाङको लमहीमा अबस्थित प्रस्तावित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा यहीँ आउँदो भदौ १७ देखि २० गतेसम्म एकदिवसिय सिरिज हुने भएको छ ।

लमहीमा रहेको देउखुरी क्रीकेट एकेडेमी र सुर्खेतमा रहेको एमएस क्रीकेट एकेडेमीबीच एकदिवसिय सिरिज हुन लागेको हो ।

जहाँ तीन वटा एकदिवसिय खेल हुने देउखुरी क्रीकेट एकेडेमीका कप्तान कमल वलिले अनलाइन खेलखबरलाई जानकारी गराए ।

दाङ जिल्लाको प्रतिष्ठित क्रीकेट एकेडेमीको रुपमा पछिल्लो समय आफुलाई स्थापित गर्न सफल देउखुरी क्रीकेट एकेडेमीले यस सिरिजले खेलाडीको प्रतिभालाई अझ बिकास गर्न टेवा पुर्याउने र खेलाडीले राम्रो अनुभव बटुल्ने अबसर प्राप्त गर्ने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *