साग र ओमान भ्रमणका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा : तयारी आईतवारबाट सुरु हुने
भदौ १२ , अनलाइन खेलखबर || घरेलु मैदानमा यहि आउँदो मङ्सिर १५ देखि २४ गतेसम्म हुने दक्षिण एसियाली खेलकुद ( साग ) तथा ओमानमा आयोजना हुने टि-२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।
३५ सदस्यीय सार्बजनिक गरिएको टोलीको छ्नोट प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले गरेका हुन जसअनुसार पारस सहित ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया , प्रदिप ऐरि , सुनिल धमला, सौरभ खनाल, ललित सिंह भण्डारी, बिक्रम सोब, इशान पाण्डे , करन केसी, आसिफ शेख, बिनोद भण्डारी, सन्दिप जोरा , कुशल मल्ल , रित गौतम , पवन सर्राफ , अमित श्रेष्ठ, किशोर महतो , आरिफ शेख , सुशन भारि, अनित शाह , अविनाश बोहरा , सन्दिप लामिछाने , ललित राजबंशी , नन्दन यादब , रोहित पौडेल, भिम शार्की , कुशल भुर्तेल, दिपेन्द्र ऐरि , सोमपाल कामि, सागर ढकाल र शाहब आलम रहेका छ्न ।
अब नेपालले आफ्नो तयारी भदौ १५ गतेबाट गर्ने छ । साग अघि नेपालले अक्टोबर ५ देखि १० सम्म ओमानमा टि – ट्वान्टी प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ ।
५ राष्टको सहभागिता रहने उक्त प्रतियोगितामा ओमान र नेपालसहित हङकङ , आयरल्याण्ड र नेदरल्यान्डले सहभागी जनाउने छ्न ।