स्थानिय श्रीलंकन क्लबसँग नेपालको युवा क्रीकेट टिम पराजित
भदौ १० , अनलाइन खेलखबर || एसिया कपको अन्तिम तयारीमा रहेको नेपाली यु – नाईन्टिन क्रीकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंकन क्लब सिन्हालिज स्पोर्ट्स क्लबसँग ३ विकेटले पराजित हुन पुगेको छ ।
खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४१ रनको विजयी लक्ष्यलाई सिन्हालिज स्पोर्ट्सले ईनिङको अन्तिमबलमा ७ विकेट गुमाएर सो विजयी लक्ष्य पूरा गर्यो ।
बलिङतर्फ नेपालका पवन सर्राफले सर्वाधिक ३ विकेट हात पारे भने कमल सिंह ऐरिले २ तथा सागर ढकाल र सुर्य तामाङले समान १/१ विकेट लिन सफल भएका थिए ।
त्यसअघि वर्षाले प्रभावित गरेको खेलमा ट्स हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो ।
वर्षाका कारण खेल ढिला हुनपुगेपछी खेललाई घटाएर ४२ ओभरमा खेलाईएको थियो ।
जसअनुसार नेपालले उक्त ओभर भित्र ७ विकेट गुमाएर २ सय ४० रनको योगफल खडा गरेको थियो ।
नेपालका लागि आशिफ शेखले सर्बाधिक ८८ रनको योगदान गर्दा पहिलो विकेटका लागि पवन सरार्फ र रित गौतमले ५८ रनको साझेदारी गर्दै टिम लाई राम्रो सुरुवात दिएका थिए ।
सरार्फले ३० तथा रित गौतमले ३१ रनको पारी खेलेका थिए । यस्तै सन्दिप जोराले ३३ रनको योगदान गरेका थिए ।
सेप्टेम्बर ५ देखि १४ तारिखसम्म श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप खेक्नु अघि श्रीलंकामा नेपालले अरु थप दुई अभ्यास खेल खेक्ने कार्यक्रम रहेको छ ।